Logo

अर्बौं भ्रष्टाचारमा डुबेको नक्काली राष्ट्रबादी ओलिको सत्ता साझेदार बन्दैन कांग्रेस: नेता महत


मुन्धुमस्टार डटकम — कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस अहिले सत्ता साझेदार बनेर सरकारमा नजाने बताएका छन् । ‘कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्न मत दिएका छन्,’ उनले भने, ‘त्यसको हामी सम्मान गर्छौं ।’

कपिलवस्तुको तौलिहवामा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेट सामान्य रहेको भन्दै सत्ता साझेदारीका लागि भएको भन्ने कुरा गलत भएको बताए ।

‘अहिलेको सरकारले भ्रष्टाचारमा पुरै डुबेको छ,’ उनले भने, ‘त्यो हजार लाखमा हैन अर्बौंमा पुग्छ ।’ भ्रष्टचारलाई प्रश्रय दिएको सरकारले अहिले विदेशी हस्तक्षेप बढाएर राष्ट्रियताको खोक्रो नारा दिइरहेको पनि उनले बताए । मुलुक अहिले अस्थिरतातिर जान लागेको आरोप लगाउँदै उनले प्रम ओलीको राष्ट्रवादको नारा खोक्रो भएको बताए ।

नेकपाको दुई तिहाईको सरकारले जनतालाई अभाव, समस्या र पीडा मात्र दिएको भन्दै अब आउने निर्वाचन कांग्रेसले अवसरको रुपमा लिएर पूरै सदुपयोग गर्ने बताए ।

उनले आगामी फागुन महिनामा गर्ने भनिएको पार्टीको महाधिवेशन समेत कोभिड १९ का कारण अन्योलमा परेको बताए । उनले त्यसैले फागुनमा महाधिवेशन हुन समस्या हुने बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्