Logo

युवा नीति र आदिवासी महिला युवाहरुको अधिकार बारे प्रशिक्षण


कला कुलुङ, संखुवासभा

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत राष्ट्रिय युवा नीति २०६६ र परिमार्जित नीति २०७२ रहेको छ । यही नीति अनुसार नेपाल सरकारले नेपालको युवाहरुको अधिकारको बारेमा सरकारी स्रोत साधन देखी विकासे योजनाहरुको कार्य योजना, तर्जुमा गर्ने गरेको पाइन्छ ।

युवा नीति र आदिवासी महिला युवाहरुको अधिकार बारे प्रशिक्षण

तर यस बारेमा आदिवासी युवाहरु तथा आदिवासी महिला युवाहरु अनभिज्ञ रहेको हुनाले कुलुङ आदिवासी महिला युवाहरुको क्षमता विकास गर्ने उद्देश्यले युवा नीति २०७२ बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

२५ जना महिला र युवा महिलाहरु रहेको उक्त तालिममा सरकारी नीतिले दिएको अधिकारलाई सथापित गर्न तथा नीतिमा नभएको अधिकारलाई पुन राख्नको लागी आवश्यक पहल गर्न सर्वप्रथम आदिवासी युवाहरु चेतनाको विकास गर्नुपर्ने भएकोले तालिम संचालन गरिएको सहभागी विमला कुलुङले बताइन् ।

युवा नीति र आदिवासी महिला युवाहरुको अधिकार बारे प्रशिक्षण

तालिममा राज्यले हरेक वर्ष छुटाएको बजेट र उक्त बजेटमा कसरी आदिवासी युवाहरुले हसभागीता जनाउने भन्ने बारेमा प्रशिक्षित गराइएको थियो ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्