डिल्ली चाम्लिङद्धारा युवाहरुलाई होसला स्वरुप खेलकुद सामग्री र नगद वितरण

मान्सुङ चाम्लिङ, खोटाङ
युवा समाज र देशको शक्ति हो । युवा परिबर्तनका संवाहक हुन । यीनै युवाहरुलाई सही रुपमा परिचालन गर्न सके परिवार, समाज र देश विकास हुन्छ । सही रुपमा परिचालन गर्न नसके विचलन समेत आउन सक्छ ।

यसकारण जो कोही युवा उमेरमा युवाले खेलकुद रुचाउँछन् । साथै युवाहरुलाई सही रुपमा परिचालन गर्न खेलकुदको माध्यमबाट अन्य क्षेत्रमा उजार गर्न सकिन्छ ।
सोही उद्देश्यले हलेसी तुवाचुङ नगरपालीका वडा नं.७ का जननिर्वाचिथ वडा सदस्य, नेकपा जिल्ला कमिटी सदस्य डिल्ली चाम्लिङले आफुले पाउने भत्ता रकमबाट साविक वडा नं.६ र ९ तल्ला कातिके दुवै टोलमा अवस्थित जनकल्याण सेवा समाज र सदावहार साँस्कृति समाजलाई खेलकुद सामग्री एक एक थान भलिवल र नेट तथा नगद पाँच–पाँच हजारको दरले वितरण गर्नु भएको स्थानिय शिक्षक तथा समाजसेवी नबिन चाम्लिङले बताउनु भयो ।

उक्त कार्यक्रममा वडा नं.७ का वडा अध्यक्ष श्री चइन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । स्मरण रहोस डिल्ली चाम्लिङ राजनीतिक कार्यकर्ता भन्दा पनि सामाजिक समाज सेवीको रुपमा गाउँ घरमा स्थापित छन् ।

चाम्लिङले गाउँघरमा वि’रामी, आ’गलागी, भो’कमरी लगायत जनताहरुले खेपिहेको स’मस्याहरुलाई आफ्नो तर्फबाट आर्थिक सहयोग गर्दै आउनु भएको वडा अध्यक्ष चइन्द्र राईले बताउनु भयो ।