Logo

पार्टी एकताकै पक्षमा निर्भीकतापूर्वक उभिएको छु : अध्यक्ष प्रचण्ड


सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पार्टी एकताकै पक्षमा निर्भीकतापूर्वक उभिएको बताएका छन् । पूर्वमाओवादी केन्द्रका मध्यधारका नेताहरू सोमबार बिहान प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।

स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायत नेताहरू प्रचण्डलाई भेट्न पुगेका थिए । भेटमा प्रचण्डले प्रस्ताव फिर्ता नहुने र पार्टीमा देखिएका स’मस्याहरूको छलफलबाहेक अर्को विकल्प नभएको बताएको नेताहरूको जिकिर छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवेदन कुरिरहेको पनि बताएका थिए । र, पार्टीको भाग्य र भविष्य त्यसैले निर्धारण गर्ने पनि उनको भनाइ रहेको नेताहरू बताउँछन् । रायमाझीले पनि दुवै दस्तावेज केन्द्रीय कमिटी र आवश्यक पर्दा महाधिवेशनको थलोसम्म लैजानुपर्ने नै बताउँछन् ।

“दुवै दस्तावेज केन्द्रीय कमिटीमा लैजानुपर्छ । त्यहाँबाट सुझावहरू आउँछ । वि’वाद समाधान गर्ने उपाय आउँछ,” उनी भन्छन्, “एक आपसमा कति आ’रोप हुन्, कति साँचो हुन् सदस्यहरूले छान्ने मौका पनि पाउँछन् । बहसले राम्रै गर्छ ।”उनले पार्टी एकता नटु’टोस भनेर आफूहरूले भूमिका खेलिरहेको पनि जानकारी दिए । विशेषतः मध्यधारका नेताहरू दुई अध्यक्ष मिलेर जानुपर्ने बताउँछन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्