Logo

श्रेय राईले पुर्वेली लोकगीत ‘सल्लेरी’ माफर्त गायक तथा संगीतकार पवन राईलाई ‘कमब्याक’गराईन्


‘भर्सटाईल’ गायिकाको रुपमा परिचित गायिका श्रेय राईले आफ्नो बुबा पुराना गायक तथा संगीतकार पवन राईलाई पुर्वेली लोकगीत ‘सल्लेरी’ गीतमाफर्त करिब दुई दशकपछि ‘कमब्याक’ गराएकी छन्। करिब दुई दशकअघि गायक तथा संगीतकार पवन राई र गायिका सुशिला सावदेनले गाएको गीतको ‘रि-एरेन्ज’ गरेर श्रेय र उनका बुवाले गाएका हुन्।

गीतमा शब्द र संगीत गायक पवन राईकै रहेको छ। गीतको भिडियोमा सागर संगम राई र रेस्क्यु राईले अभिनय गरेका छन्। भिडियोको ‘कन्सेप्ट’ भने सागर संगम राईले तयार गरेका हुन्।उक्त गीतको एरेन्ज शम्भु राईले गरेका थिए भने ‘रि-एरेन्ज’ श्याम लिम्बुले गरेका हुन्। त्यस्तै, ‘मिक्सिङ्ग’ राजु कार्कीले गरेका छन्। गीतको छायाङकन र ‘एडिटिंग’ भने रोमन संगम राईले गरेका हुन्।

गीतको भिडियो निर्देशन भने गायिका श्रेय राई र सागर संगम राईले संयुक्त रुपमा गरेका हुन्। गीत किङ्ग्स स्टुडियोमा रेकर्ड गरिएको हो। उनले उक्त गीत शनिबार दिउँसो आफ्नै युट्युव च्यानल श्रेय राई लाम्बिछोङ्गबाट सार्वजनिक गरेकी हुन्।

श्रेयले गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा सेमीफाइनसम्मको यात्रा तय गरेसँगै नेपाली सांगीतिक क्षेत्रमा जम्न थालेकी हुन्। क्लासिकल, सेमिक्लासिकल तथा लोक लयका धेरै गीत रेकर्ड गरेकी श्रेयलाई प्राय: युवा पुस्ताले भने रक विधामा चिनेका र रुचाइएका छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्