Logo

तिब्बतमा चीनले अर्को दलाई लामा चयन गर्न नसक्ने अमेरिकाको दाबी: तिब्बत चिनियाँ सेनाको कब्जामा रहेको आरोप


मंसिर – ६- २०७७

मुन्धुमस्टार डटकम – अमेरिकाले तिब्बतलाई चिनियाँ सेनाको कब्जामा परेको क्षेत्र भएको आरोप लगाएको छ । चीनमा तिब्बती जनताको स्वायत्तताबारे अमेरिकी प्रतिनिधिसभामा एक विधेयक पास भएको भोलिपल्ट अमेरिकाले यस्तो दावी गरेको हो ।

साथै अघिल्लो दिन मात्रै अमेरिकी एक उच्च अधिकारीले तिब्बतमा चीनले अर्को दलाई लामा चयन गर्न नसक्ने वा अर्को दलाई लामा चयन गर्ने चीनसँग धार्मिक अधिकार नभएको बताएका थिए ।

चीनले तिब्बती आदिवासी र धार्मिक अल्पसंख्यक समुदायमाथि दमन गर्नका लागि चिनियाँ कम्युनिस्ट पार्टीले प्रसस्त स्रोत खर्च गर्ने पनि अमेरिकाले जनाएको छ । पछिल्लो समय चीनमाथि धार्मिक अल्पसंख्य समुदायमाथि दमन गरेको आरोप विश्वका प्रभावशाली देशले उठाउन थालेका छन् ।

तिब्बती बुद्धिस्ट, क्रिश्चियन र मुस्लिम अल्पसंख्यक समुदायको मानव अधिकार चिनियाँ कम्युनिस्ट पार्टीले कुण्ठित पारेको आरोप विभिन्न देशले लगाउने गरेका छन् । १९५० को दशकमा चिनियाँ सेनाले तिब्बतमाथि शासन गर्न थालेदेखि नै निरन्तर तिब्बत चीनको श्वसासित क्षेत्रको रुपमा चिनिँदैआएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्