गीतकार गजेन्द्र खालिङको “दोहा कतारमा” म्युजिक भिडियो सार्वजनिक

मंसिर – ५ – २०७७
मुन्धुमस्टार डटकम – चर्चित गायक राजेशपायल राई र गायिका उर्मिला खालिङ राईको संयुक्त आवाजमा “दोहा कतारमा” म्युजिक भिडियो गायिका उर्मिला खालिङ राईको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ। साहित्यकार, तथा गितकार गजेन्द्र खालिङ राईको शब्द रचना रहेको “दोहा कतारमा” गायिका उर्मिला खालिङ राई र सु-प्रसिद्द गायक राजेश पायल राईको युगल आवाजमा गायिका उर्मिला खालिङ राईको युटुब च्यानल मार्फत आज सार्वजनिक गरेकी हुन्। गीतकार राजेन्द्र खालिङ राई प्रदेशी भूमि कतारमा रहेर पनी विशेष गाउधरका यादमा गजल, मुक्तक र गीतहरु लेखिरहने परिचित युवा साहित्यकार हुन्। उनी हरेक समयमा आफ्ना भावना कोरी रहेका हुन्छन्। गीतकार राई ठुलो मन भएका सामाजिक अभियन्ता समेत हुन्। राईको पहलमा आफ्ना गाउका लागि विधालय भवनदेखि अत्यावश्यक एम्बुलेन्स सेवा व्यावस्था समेत गरेका छन्। सार्वजनिक म्युजिक भिडियो रेकर्डिङ साथै मिक्सिंग मुस्कान मुकारुङ राई, संगीतकार तथा ऐरेन्जर जीवी हाङ राईले गरेका गीत सेवा रेकर्डिङ स्टुडियो अनामनगर काठमाण्डौमा गरेका हुन्। सार्वजनिक म्युजिक भिडियो गीतकारले आफ्नो कर्मभूमि कतारका सुन्दर शहरका दृष्यलोकन देखाइएको छ भने गायक राजेशपायल राई र गायिका उर्मिला खालिङ राईले स्टुडियो लिप्सिङ मार्फत म्युजिक भिडियोलाई पूर्णता दिइएको छ।
म्युजिक भिडियो यहाँ हेर्नुस्….