Logo
Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • कला
  • मनोरञ्जन
  • स्वास्थ
  • प्रविधि
  • खेलकुद
  • वाणिज्य
  • बिश्व
  • प्रवास

चीनमा सिनोफार्मको कोरोना खोप दस लाख मान्छेले लगाए


मुन्धुमस्टार
 

मंसिर – ५ – २०७७
मुन्धुमस्टार डटकम – चीनको राष्ट्रिय फार्मासियुटिकल समूह, सिनोफार्मले बनाएको कोरोना विरूद्धको खोप परीक्षणका लागि करिब १० लाख मान्छे सहभागी भएका छन्। रोयटर्सका अनुसार देशभर यो खोपको आकस्मिक परीक्षण गरिएको हो।

चीनले आफ्नो खोपको आकस्मिक परीक्षण गत जुलाइमा सुरू गरेको थियो। यो क्रममा तीन प्रकारका खोप प्रयोग गरिएका थिए। यी खोप कति सुरक्षित र प्रभावकारी छ भन्नेबारे क्लिनिकल रूपमा पुष्टि भने भइसकेको छैन।

तै पनि यो खोप लगाएकाहरूलाई कुनै पनि किसिमका गम्भीर असर वा साइड इफेक्ट नदेखिएको रोयटर्सले जनाएको छ। जसले यो आकस्मिक खोप लगाएका थिए उनीहरूले पनि कुनै नकारात्मक असर नभएको बताएका सिनोफार्मका अध्यक्ष लियु जिङजेनले एक अन्तर्वार्तामा भनेका छन्।

परीक्षणमा समावेश गरिएका तीनमध्ये दुई खोप सिनोफार्मकै अनुदानमा चाइना नेसनल बायोटेकले विकास गरेको हो भने अर्को सिनोभाक बायोटेकले विकास गरेको हो। यीमध्ये कुन चाहिँ खोपको नकारात्मक असर नभएको वा कुन खोप सबभन्दा बढी लगाइएको भन्ने बारे लियुले कुनै जानकारी दिएका छैनन्।

रोयटर्सका अनुसार सिनोफार्मका खोपले शरीरमा निष्क्रिय भाइरस प्रवेश गराउनेछ जुन मानव कोषमा विकास हुन सक्दैन। तर यसले शरीरको प्रतिरोधात्मक क्षमता सक्रिय बनाउन भूमिका खेल्छ। क्लिनिकल परीक्षणका आधारमा हेर्दा यसको दुई डोज आवश्यक हुन्छ।

यी तीनै खोपहरूको अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ। यो खोप लगाएर चीनबाहिर जानेहरू करिब ६० हजार जना छन्। उनीहरूको निगरानी भइरहेको छ जसअनुसार हालसम्म कोही पनि संक्रमित नभएको सिनोफार्मका अध्यक्ष लियुले बताएका छन्। यसमा पनि तीनमध्ये कुन खोप प्रयोग भएको भन्नेबारे उनले खुलाएनन्।

सिनोफार्मको खोपको नतिजा उत्साहजनक सुनिए पनि आकस्मिक प्रयोगका तथ्यांकका आधारमा मात्र यसको प्रभावकारिता तय नहुने विज्ञहरूले बताएका छन्। खोपको सही प्रभावकारिता थाहा पाउन नियन्त्रित रूपमा क्लिनिकल ट्रायल नै हुनुपर्ने उनीहरूको भनाइ छ।

 


Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्
संबन्धित
कलाकार सागर लम्साल ‘बले’ लाई म्याद थपको लागी सरकारी वकिलको कार्यालयमा लगियो

  मुन्धुमस्टार डडकम​- कलाकार सागर लम्साल ‘बले’ लाई जबर्जस्ती करणीको आरोपमा पक्राउ गरी सरकारी वकिलको

निनामले “हेच्छाकुपा सिकुरिमा” गीत ल्याए

  मुन्धुम्स्टारडटकम​- काठमाडौँ – किराँती समुदायका पूर्वजहरूको ऐतिहासिक योगदान र सांस्कृतिक विरासतलाई सम्मान गर्दै एउटा

भविष्यको तयारीमा लाखौं डलरको लागत: एआई चिपको अर्थशास्त्र

काठमाडौं। कहिलेकाहीँ विज्ञान कथामा मात्र सम्भव जस्तो लाग्ने कृत्रिम बुद्धिमत्ता (एआई) आजको दिनचर्याको अभिन्न अङ्ग

आगामी हुने (बीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको लागि नेपालका ५ खेलाडि अक्सनमा सुचिकृत

मुन्धुमस्टार डटकम​- बंगलादेश प्रिमियर लिग (बीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा

mundhumsatar
ट्रेन्डिङ
ताजा अपडेट
कलाकार सागर लम्साल ‘बले’ लाई म्याद थपको लागी सरकारी वकिलको कार्यालयमा लगियो

  मुन्धुमस्टार डडकम​- कलाकार सागर लम्साल ‘बले’ लाई जबर्जस्ती करणीको आरोपमा पक्राउ गरी सरकारी वकिलको

निनामले “हेच्छाकुपा सिकुरिमा” गीत ल्याए

  मुन्धुम्स्टारडटकम​- काठमाडौँ – किराँती समुदायका पूर्वजहरूको ऐतिहासिक योगदान र सांस्कृतिक विरासतलाई सम्मान गर्दै एउटा

भविष्यको तयारीमा लाखौं डलरको लागत: एआई चिपको अर्थशास्त्र

काठमाडौं। कहिलेकाहीँ विज्ञान कथामा मात्र सम्भव जस्तो लाग्ने कृत्रिम बुद्धिमत्ता (एआई) आजको दिनचर्याको अभिन्न अङ्ग

Logo
Mundhumstar media Pvt. Ltd.
  • सूचना विभाग दर्ता नंः : 1484/067-077
  • ई-मेल : mundhumstar.com@gmail.com/ suman.radu@gmail.com
  • फोन नं. : 9849841419/9851086988
  • समचार लागी : 9842800670/9818918675
  • Chabahil-7, Kathmandu

OUR TEAM

  • Editor in Chief : Suman Bangdel (Suman Rai )
  • Executive Editor : Aash Kumar Rai
  • Chairman: Bhai Kirati
  • Founder: Santi Rai & Dinesh Kumar Rai

“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।

©2026 mundhumstar.com, All Right Reserved
Host By: Bikashsoft Technology