Logo

नदीमा डुबेर बेपत्ता भएका किशोरको शव गोताखोर टोलीले निकाल्यो



काठमाडौँ —  म्याग्दीको मंगला गाउँपालिका– ५ छिसवाङमा नदीमा डुबेर बेपत्ता भएका किशोरको शव भेटिएको छ ।

म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टीकावाङका १६ वर्षीय शंकर विकको शव बुधबार बिहान फेला परेको हो ।

सशस्त्र प्रहरीको पोखरास्थित कालिका गणबाट आएको गोताखोर टोलीले तलाउबाट विकको शव निकालेको हो ।

छिसवाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए  ।

बेपत्ता भएका किशोरको प्रहरी र स्थानीयबासीबाट खोजीकार्य हुँदासमेत केही पत्ता नलागेपछि गृह मन्त्रालयसँगको समन्वयमा तत्कालै गोताखोर टोली झिकाएर खोजी गरी शव फेला पार्न सकिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

करिब १५ फिट गहिरो तलाउबाट शव निकालिएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्