Logo

उत्तर कोरियाली राजदूत र सभामुख अग्नि सापकोटाबीच भेटघाट


कार्तिक – २५ – २०७७

 

जनकपुर — सभामुख अग्नि सापकोटा र नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ म्यान बीच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार भएको भेटमा सापकोटाले राजदूत जोलाई उत्तर कोरियाले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलताका लागि बधाई दिएका छन् ।

सापकोटाले नेपाल सम्पूर्ण रूपमा कोभिड– १९ विरुद्ध केन्द्रित रहेको चर्चा गर्दै महामारीपछि दुई देशका संसद्, सरकार र जनताबीचको सम्बन्धसँग जोडिएका कार्यहरू पुनः क्रियाशील हुने विश्वास राखेका थिए।

राजदूत म्यानले उत्तर कोरियाले अपनाएको उच्च सतर्कताका कारण कुनै पनि नागरिक कोभिड– १९ बाट संक्रमित नभएको जानकारी दिएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्