Logo

फेरी पनि कांग्रेसले कात्तिकमा बस्ने गरी बैठक स्थगित गर्‍यो


काठमाडौँ — सोमबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितको बैठक पुनः स्थगित भएको छ । पार्टीभित्रको विवादको समाधान र कोरोना संक्रमणका कारण केन्द्रीय कार्यसमितिको बैठक २७ कात्तिकमा बस्ने गरी स्थगित भएको हो ।

आइतबारको पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठकले केन्द्रीय कार्यसमितिको बैठक बिहीबारसम्मका लागि  स्थगित गरेको केन्द्रीय सदस्य गगन थापाले जानकारी दिए । ‘धेरै केन्द्रीय सदस्यहरूलाई कोरोना पजिटिभ देखिएको छ, कतिपय नेताहरू शीर्ष नेताहरूको सम्पर्कमा समेत भएकाले शंकास्पद नेताहरूको परीक्षण पनि गर्ने र विवादका विषयमा थप छलफल पनि गर्ने गरी केन्द्रीय समिति बैठक स्थगित भएको छ,’ नेता थापाले भने ।

आइतबारको छलफलपछि कांग्रेसको विवाद पनि साम्य हुने देखिएको छ । नेताहरूबीच विभाग गठन, भ्रातृ संस्था तथा जनसम्पर्क समितिहरूबाहेकका अधिकतम मुद्दाहरूमा सहमति जुटेको छ ।

विवादकै विषयमा सहमति खोज्नुपर्ने आवश्यकता रहेको भन्दै यसअघि गत शुक्रबारका लागि बोलाइएको बैठक केन्द्रीय समिति बैठक सोमबारका लागि स्थगित भएको थियो ।

सभापति शेरबहादुर देउवाले विधान मिचेर विभाग र जनसम्पर्क समिति गठन, क्रियाशील सदस्यता वितरण, पार्टी समायोजनलगायत गतिविधि गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १२ असोजमा केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । त्यसयता एक महिनादेखि कांग्रेस त्यही विवादमा अल्झिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्