Logo

पुर्बेलि जुनताराले फेरि ल्यायो यसपालि पनि  तिहारको गित “यसपालिको तिहारैमा”


 

मुम्धुमस्टार डटकम – सधैं झैं यसपाली पनि चिरपरिचित म्युजिक कम्पनी पुर्बेली जुनतारा म्युजिक प्रा.लि ले तिहारको सन्दर्भमा अत्यान्तै मीठो गित बजारमा ल्याएको छ।
लब्ली तुलसिको शब्द, पुष्प राईको सङ्गीत, राजु कार्किको एरेन्ज रहेको यो गित पुर्बेली जुनतारा म्युजिक प्रा. लि को आधिकारिक अफिसियल युट्युब च्यानलबाट सार्बजानिक भएको हो।

एक्सन रेकर्डिङ स्टुडियोमा सुबाश “कुथुमी” राईले रेकर्ड गरेको, साउण्ड ईन्जिनियर D.G गोबिन्द शोनिले मिक्सिङ र मास्टरिङ गरेको यो गितमा प्रीयजन राई, समला राई, महेन्द्र राई, दिपा तामाङ, साबित्रा राई, सुमन राई, रश्मि राई, दुर्गा ब. कार्की, बसन्ता राई, मिन प्रकाश वलि, मनदेबी राई, सायाहाङ राई, बुद्ध राई, गोबिन्द सोनि, बुद्ध खत्री, सुमन मगर, सत्यजित समाल, कमला राउत, अर्जुन घिमिरे, रजकुमार लामा तामाङ, रबिन राई, कृष्ण श्रेष्ठ, पुष्प राई, रिता तामाङ, समीर राई, ईन्द्र आलेमगर, आयिशा राई लगायतका गायक गायिका हरुको सामुहिक स्वर रहेको छ।

निर्त्य निर्देशक सिर्जना किरातिको नृत्य निर्देशन रहेको यो गितलाई जनक राज अधिकारिले छायाँङ्कन गरेका हुन भने नरोत्तम पाण्डेले सम्पादन गरेको यो म्युजिक भिडियोको निर्देशन, निर्देशक मनिस कार्किले गरेका हुन।

पुण्य गौतम, भद्रमाया गिरि, कुल बहादुर ओलि, दिपक गुरुङ, सिर्जना किराति, दिपेश S.K रोजिना राई, सुसान्त आर. टि, बिनिता जिसि लगयतका थुप्रै कलाकार हरु रहेको यो म्युजिक भिडियोको श्रृङ्गार कला भने सोनि राई, आयिशा राई र सरोज  पाण्डेको रहेको छ।

चाडबाड भनेको त्यो माटो र समुदायको संस्कृति र पहिचान पनि हो। कोभिड १९”महामारिको कारण सधैं जसरी अहिले चाडबाड मनाउन सहज परिस्थिती छैन। तर पनी परिवार छर-छिमेकी साथी भाईले एक आपसमा गित र म्युजिक भिडियो हेर्दै र सुन्दै यो तिहार लाई रमाईलो गर्दै मनाउन मद्धत पुर्‍याउने छ। र सँधै खेल्दै गरेको देउसी र भैलोको झझल्को मेटाउने छ।

यो असहज र बिकट परिस्थितिको बिचमा एक अर्कापर्ति सद्भाव कायम राख्दै कोभिड १९ को कारण ओईलाउँदै गरेको जोस जाँगर अनि हराउँदै गरेको मानबिय संबेदना हरुलाई फेरि एक पटक सबैको बिचमा मनोरन्जनात्मक संस्कृतिको माध्यम द्वारा यो गितले भाबनात्मक सम्बन्ध हरु पुनस्थापित गर्ने अनि  पुनर्जागरित पनि गराउने बिश्वास लिएको कुरा पुर्बेली जुनतारा म्युजिक प्रा.लि का प्रबन्ध निर्देशक तथा गायक, संङ्गितकार प्रीयजन राईले मुन्धुमस्टार डटकम लाई बताए।

म्युजिक भिडियोको पूरा लिङ्क तल …

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्