Logo

सचिबालयको बैठकमा ओलि नगए पछी, अनौपचारिक बैठकमा नेता नेपाल कुर्लिए: नेकपा फुटाउने सपना कसैले नदेखे हुन्छ


काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा फुटाउने सपना नदेख्न चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेपालले भने– हामी पार्टी एकताका लागि जुटेका हौँ, नेकपा फुटाउने सपना नदेखे हुन्छ, यो एकता त्यति कमजोर धरातलमा छैन ।

प्रधानमन्त्री केपी ओलीसँग विवाद बढ्दै गएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बोलाएको अनौपचारिक बैठकमा सचिवालयका नाैमध्ये पाँचजना अर्थात् बहुमत सदस्य सहभागी थिए । करिब एक घन्टाको अनौपचारिक बैठकमा प्रवक्ता श्रेष्ठसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम सहभागी थिए ।

अनौपचारिक बैठकले ओलीलाई सामूहिक भेटमार्फत केन्द्रीय सचिवालयको औपचारिक बैठक राख्न आग्रह गर्ने निष्कर्ष निकालेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्