Logo

पछिल्लो २४ घण्टामा मुलुकभर थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ — मुलुकभर थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार आयोजना गरेको कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ हजार ८२४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । उनका हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।

त्यसैगरी हालसम्म देशभरी सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।

मन्त्रालयले २४ घण्टामा ३ हजार ६२० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएको जानकारी दिएको छ। योसँगै निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ संख्या पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ५६ हजार ३६६परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १३ हजार २३ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ३८६ जना रहेका छन् । कोरोना संक्रमणबाट २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ ।

मुलुकभर थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्