Logo

माता उतार्ने नाममा महिलालाई पटक-पटक यौन तथा आर्थिक शोषण गर्ने धामी पक्राउ


मुन्धुम्स्टार डटकम —उदयपुरकाे त्रियुगा नगरपालिका– १० बोक्सेकाे पानीट्यांकीनिवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई पीडितको उजुरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

प्रहरीका अनुसार उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक-पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

ती धामीले आफ्ना गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएकाले त्यसै गर्ने गरेको बयान दिएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्