Logo

पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा बम विस्फोट, कम्तीमा ७ जनाको मृत्यु


कार्तिक – ११- २०७७

 

मुन्धुमस्टार डटकम  — पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

मंगलबार स्थानीय समय अनुसार बिहान साढे ८ बजे धिर कोलनीस्थित मदरसामा विस्फोट हुँदा दर्जनौं घाइते भएका छन् । हालसम्म कुनै पनि समूहले उक्त घटनाको जिम्मेवार लिएका छैनन् । मारिने अधिकांश बालबालिकाहरु रहेको बताइएको छ ।

घाइतेहरुको संख्या ६० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । धेरै घाइतेहरुको अवस्था गम्भीर छ ।

पाकिस्तानका एआईजी साफक्वत मलिकले पाकिस्तानको एक्सप्रेस ट्रूयबिनलाई बताए अनुसार आत्मघाती बम हमलामा ५ केजीको विस्फोटक पदार्थको प्रयोग भएको बताएका छन् ।

पाख्तूनख्वाका प्रदेशका स्वास्थ्य एवं अर्थमन्त्री तमूर खान जाग्राले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने बताउँदै घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । उनले प्रारम्भीक अनुसन्धानले घटनामा विस्फोटक पदार्थहरुको प्रयोग भएको देखाएको पनि जनाएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्