Logo

घरायसी विवाद हुँदा चिर्पट प्रहार गरेर श्रीमतीको हत्या


कार्तिक- १०- २०७७

मुन्धुमस्टार डटकम —म्याग्दीको मालिका गाउँपालिका– २ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

घरायसी विषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईंले चिर्पट प्रहार गर्दा उनकी श्रीमती ४४ वर्षीया रिमा दमाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

४२ वर्षीय ओमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए । शव परीक्षणका लागि बेनी अस्पताल लैजाने तयारी भएको छ । घरायसी विवादमा भनाभन हुँदा मदिरा सेवन गरेका ओमबहादुरले श्रीमतीलाई दाउराको चिर्पट प्रहार गरेको स्वीकार गरेका छन् ।

राससका अनुसार स्थानीयवासीले इलाका प्रहरी कार्यालय दरवाङलाई खबर गरेपछि राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

म्याग्दीमा हुने अपराधको मुख्य कारण मदिरा सेवन देखिएको छ । गत आर्थिक वर्ष ०७६/७७ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कुल १ सय ५७ वटा मुद्दामध्ये ४२ वटाको कारण मदिरा सेवन देखिएको कुँवरले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्