Logo

वसन्त लम्सालको आवाजमा “सकिँदैन देश भुल्न” बोल रहेको राष्ट्रिय गितको म्युजिक भिडियो सार्बजनिक


कार्तिक- ९- २०७७

मुन्धुमस्टार डटकम- गायक तथा संङितकार वसन्त लम्सालको शब्द र संङ्गितमा “सकिदैन देश भुल्न” शीर्षक रहेको राष्ट्रिय गित आज बजारमा सार्बजनिक भएको छ।यो राष्ट्रिय गितको सङ्गीत सम्योजन किरण कँडेलले गरेका हुन भने यो गितको भिडियो निर्देशन यश राजले गरेका छन।8848 पिक्चर्सको आधिकारिक अफिसियल युट्युब च्यानल बाट सार्बजनिक भएको यो गितको भिडियो सम्पादन सुप्रेमी पराजुलिले गरेका हुन। बिजय बस्यालले भिडियो पोष्टर बनाएको उक्त म्युजिक भिडियोको कलाकार कोर्डिनेटर डोल्मा लामा र श्याम कृष्ण सेंढाईले गरेका छन।यो म्युजिक भिडियोमा गायक तथा संङितकार वसन्त लम्साल, बेदभक्त जोशी, ज्ञानेन्द्र गुरुङ, टेक वाईबा लगायत बाल कलाकार हरु निर्भन कार्की, सुप्रेमी थपलिया, केतृशा थपलियाको अभिनय रहेको छ। राष्ट्रभक्ती गित बजारमा अहिले कमै आउछन त्यसमाथी अहिले देश निक्कै संङ्कट पुर्ण अवस्थाबाट गिज्रीरहेको छ।हरेक नेपाली हरुले बिदेश पलायनको बिकल्प नदेखी रहेको बेलामा सार्बजानिक भएको यो गितले जुन ठाँउमा बसेपनी जुन ठाँउमा रहेपनी आफ्नो देश आफ्नो मातृभुमीको अगाध माया हुन्छ त्यसैले आफ्नो देश लाई माया मार्न र भुल्न सकिन्न भन्ने सन्देश दिन खोजेको छ।आफ्नो सीप सृजना मेहनत र परिश्रमले यो देशको संस्कृति, सभ्यता लाई हराभरा पार्दै उत्कृष्टताको श्रेणीमा दर्ज गराउँदै हाम्रो वीर बिरंगना हरुको गर्बिलो ईतिहाँस लाई सार्थक तुल्याउनु पर्दछ भन्ने शन्देश पनि यश गितले प्रवाह गरिरहेको छ।यो गितको मुख्य श्रोता नेपाल लाई मायागर्ने आम नेपाली जन मन हरु नै हुन। आफ्नो देशको माटोको गित आफ्नै देश लाई माया गर्ने देश भक्त आम नेपाली हरुको लागि नै लेखेको हुनाले यो गितलाई सम्पुर्ण देशभक्त नेपाली हरुले मन पराई दिने कुरामा आफू हरु बिश्वस्त रहेको कुरा यो गित निर्माण पक्षले मुन्धुमस्टार डटकम लाई बताए।

भिडियोको पूरा लिङक तल

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्