Logo

“डाँडै माथी बर पिपल” गितको म्युजिक भिडियो सार्बजनिक


कार्तिक – ७- २०७७

मुन्धुम स्टार डटकम – एस पि निङ्लेखुको शब्द, ईन्द्र सुशील चोङ्बाङको सङ्गीत, केशब राई र जुनि खालिङ राईको स्वर रहेको पुर्बेली लोक भाकाको गित आज सार्बजनिक भएको छ।

केशब राई अफिसियल युट्युब च्यानल बाट सार्बजानिक भएको यो गितको एरेन्ज कृष्ण भक्त राईले गरेका हुन भने मिक्सिङ र मास्टरिङ सेवा डिजिटल रेकर्डिङ स्टुडियो अनामनगर काठमाण्डौ, मुस्कान मुकारुङले गरेका हुन।

भ्युज क्रीयसन ईटहरिले निर्माण गरेको यो म्युजिक भिडियो रहेको गित स्ट्रीङ रेकर्डिङ स्टुडियो ईटहरिमा रेकर्ड गरिएको हो।

ठेट पुर्बेली भकामा रहेको यो डोईट गितमा गितकारले आफ्नै गाउँ ठाउँ र परिबेशको शाब्दिक बर्णण लाई माया र पिरतिको भावना संङ्ग उनेर आफ्नो शब्द चयनको सिल्प निक्कै उत्कृष्ट ढंङ्गले देखाएका छन, भने संङ्गितकारले पनि उहीँ शब्दको मेसो समातेर शब्दको सुहाउँदो लय झिकेका छन। गायकीमा भने अझै मेहनत र काम गर्ने ठाउँ थुप्रै हुँदा हुँदै पनि नराम्रै भन्ने ठाउँ भने छैन।

उक्त गितको म्युजिक भिडियोमा पुर्बको मनोरम दृष्य हरु कैद गरिएको देख्न सकिन्छ। यिनै मनोरम दृष्य हरु रहेको म्युजिक भिडियोले गितलाई अझ माथी उचालेको छ। उछ्रीङ्खलताको साङ्गितिक बाढी चल्दै गरेको अवस्थामा नेपाली म्युजिक ईण्ड्रस्टिले साँच्चै आज एउटा भद्र र सालिन गित पाएको छ।

एउटा गित राम्रो बन्न लाई शब्द, सङ्गीत, स्वर र एरेन्ज यी सबै पक्ष ससक्त हुनु जरुरी छ। समग्रमा यो गितको यी पक्ष हरु राम्रै भएको कारणले श्रोता र दर्शक हरुले मनपराई दिने कुरामा यो गित निर्माण पक्ष बिश्वस्त रहेको कुरा मुन्धुम स्टार डटकम लाई बताए।
पूरा म्युजिक भिडियोको लिङ्क तल…

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्