Logo

दसैं चाड कसको ? एक बहस


निनाम कुलुङमंगले’-नेपालका हिन्दुहरु धर्मालम्बीहरुले मान्ने महान चाड अर्थात् ‘बडा दसैं !’ यही कात्तिक १ गतेदेखि सुरु भएको छ भने, नेपाल लगायत विश्वका विभिन्न देशका हिन्दु धर्मालम्बीहरुको महान चाड पनि हो बडा दसैं । स्मरणीय छ, विश्वभरिकै हिन्दु धर्मालम्बीहरुले बडा दसैं अर्थात नवरात्रीलाई आफ्नो प्रमुख र महत्वपूर्ण चाडको रुपमा मान्ने गरेका छन् । हुन त खासमा नेपालका आर्य–खस (असली खसहरुले दसैं मान्दैनन् भन्ने भनाइ छ । स्मरणीय छ, उनीहरुले ‘मस्टो’ मान्छन् ।) समूहका बाहुन, क्षेत्री, दशनामी (सन्यासी), ठकुरी, शाह, राणा, हमाल, राणाभाट, कामी, दमै, सार्की लगायतले बडा दसैं चाड मान्ने र भन्ने गरेको पाइन्छ । तर, यही चाडलाई नेपालका ‘नेवार समुदाय’ले भने ‘मोहनी’ भनेर सम्बोधन गर्ने/मान्ने गर्छन् । साथै ‘मोहनी’को अवसरमा नेवार समुदायले ‘कालो टीका’ लगाउने गर्छन् ।

त्यस्तै भारतमा भने त्यहाँका हिन्दुहरुले ‘दसैं’ वा ‘बडा दसैं’ नभनेर ‘दसेरा’ भन्ने गरेका छन् भने, भारतकै एक राज्य पश्चिम बंगाल राज्यमा भने, दसैं अर्थात् दसेरामा दूर्गा पूजा गर्ने गर्छन् । स्मरणीय के छ भने, यसरी भारतको पश्चिम बंगाल राज्यमा दसैं अर्थात् दसेरामा दूर्गा पूजा गर्दा पशु–पंक्षीको ब’लि भने चढाउँदैनन् । यसरी हेर्दा ‘दसैं’ वा ‘बडा दसैं’ भनेको मुख्यतयाः हिन्दु धर्मालम्बीहरुले मान्ने प्रमुख चाड–पर्व हो । त्यसो त सन् २०१९ को डिसेम्बर २६ मा चीनो दक्षिण–पूर्वी प्रान्त हुपेइको राजधानी वुहानमा पत्ता लागेको नयाँ भा’इरस ‘नोभेल को’रोनाभा’इरस (को’भिड–१९)’ कारण नेपालमा मात्रै नभएर विश्वभरिकै मानिसहरुले आफ्नो मूल्य र मान्यताअनुसारको चाड, पर्व, जात्रामात्रा, सांस्कृतिक कार्यहरु, मेला, उत्सव, महोत्सव आदि खुलेर मनाउन पाएका छैनन् ।

नेपाल जस्तो १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र १० धर्मालम्बीहरु बसोबास गरेको देशमा हिन्दुहरुले मान्ने दसैं नै राष्ट्रिय चाड हुन सक्छ कि सक्दैन ? अझै पनि ‘कसैसँग अ’तिश’य अ’नुराग र कसैसँग अतिशय द्घे’ष !’ नराखीकन व्यापक रुपमा बहस र छलफल हुनु पर्छ

यता हाम्रो देश नेपालमा जे कुरो पनि ‘पोलीटिक्स !’ घुसेको हुनाले केही समय अघिसम्म (अहिले पनि छिटफुट रुपमा) ‘दसैं’ वा ‘बडा दसैं’ सम्पूर्ण नेपालीहरुको चाड हो कि ? हिन्दु धर्मालम्बीहरुले मात्रै मान्ने चाड हो ? भन्ने सन्दर्भमा एक पक्षले अर्का पक्षलाई हिलो छ्याप्ने ढंगले नै छलफल र बहस हुने गरेको थियो/छ । नेपालमा दसैं चाडको सन्दर्भमा हेर्ने नै हो भने, धार्मिक रुपमा के हिन्दु !, के क्रिश्चियन !, के बौद्घ !, के किरात !, के प्रकृति पूजक !, के ईस्लम !, के बहाई !, के शिख !, के बोन !, के के जैन !, …, सबै धर्म र सम्प्रदायका मान्छेहरुले आ–आफ्नो ढंगले एक–आपसमा ‘दसैं’ वा ‘बडा दसैं’ मान्ने गरेको र, सो अवसरमा बाक्लै रुपमा शुभकामना आदान–प्रदान गर्ने गरेको पनि देखिन्छ/भेटिन्छ । तापनि वास्तवमा दसैँ चाड कसको हो ?, यो चाडलाई कहिलेदेखि मनाउँदै आईयो ?, यो चाड मान्नुको खास अर्थ के छ ? यो चाड कसले सुरु गर्यो , … , भनी अझै पनि सकारात्मक ढंगले हामीबीच अनेक पटक भुईँ तहदेखि नै व्यापक रुपमा बहस, छलफल हुनुपर्ने देखिन्छ ।

किनभने, विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनाअनुसार नेपालमा १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र १० धर्मालम्बीहरु रहेका छन् । खासमा केही मानिसहरु दसैँ चाड हिन्दुहरुको मात्रै हो भन्छन् । खासखास तथ्य, प्रमाण, उदाहणहरु र परम्पराहरु हेर्दा दसैँ भनेको सुरुमा बिना कुनै धकचक हिन्दु धर्मालम्बीहरुको मात्रै महान चाड थियो/हो ! भन्न सकिने धेरै आधार प्रमाणहरु भेट्न/देख्न सकिन्छ । किनभने, जब पृथ्वीनारायण शाह र उनका भाइ भारदारहरुले नेपालको भगौलिक एकीकरण गरे, त्यसपछि पूर्वका किरातीहरुलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरुलाई) सरह पदवी, पगरी दिएर ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदहरु दिईयो । साथै ती ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदिलाई हिन्दु धर्म अनुसारको कर्म गर्ने उर्दी पनि दिईयो । फलतः जो ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदहरु पाउने मुख्खेलीहरु (तालुकदार वा जिम्मावाल पनि भनिन्थ्यो) थिए, उनीहरु आफुले पनि हिन्दु धर्म मान्नुपर्ने र, आफ्नो मातहतका रैती अर्थात् ज्यमी, जमी वा जिमी (ढाक्रे !) हरुलाई पनि ‘बडा दसैंं’मा टीको–जमरो लगाई दिएर हिन्दु धर्म मान्नैपर्ने वा’ध्यता’त्मक परिस्थिति सिर्जना गराईयो ।

यसो हेर्दा हाम्रो जस्तो गरिब देशका गरिब माननीय तथा ताननीय, एवम् … हरुलाई निश्चिित अवधिसम्म उनीहरुलाई राज्यले पारदर्शी ढंगले चाडबाडको अवसरमा बाँड्ने भत्ता वा प्रोत्साहन आफैमा नराम्रो होइन कि ? भन्छु । त्यसैले अब यस पाटोबाट पनि सकारात्मक ढंगले बहस र छलफल चलाउने हो कि ?

यसको प्रमाणको रुपमा धेरै उदाहरणहरु दिन सकिन्छ । जस्तो यो पंक्तिकार लिम्बुको भाञ्जा र, हाम्रो मावली बाजे (हजुरबा) समेत ‘सुब्बा’ भएकोले के देखेको थियो भने, नवमीको दिन बिहान ‘मौलो’मा बोकोको बलि दिएर मौलोको वरिपरि तीनफन्को घुमाईन्थ्यो । त्यसरी घुमाई सकेपछि बाजे अर्थात् ‘सुब्बा’ले हत्तपत्त आफ्नो दुवै हात बोकोकोे र’गतमा चोपलेर आफ्नो घरको भित्तोमा ‘पञ्जा छाप’ लगाउनु हुन्थ्यो । तर, बालापन न हो, हामीलाई भने जहिले पनि ‘कहिले दसैं आउला र नयाँ लुगा लगाउन पाईएला, टन्न मासु भात खान पाईएला, रोटेपिङ खेल्न पाईएला, बजार जान पाईएला र, रमाईलो गर्न पाईएला !’ भन्ने मात्रै थियो, त्यो बेला । तर, काठमाण्डौ आएर केही बुझ्ने भएर गाउँ फर्कँदा (२०४६ को राजनैतिक परिवर्तनपछिको कुरो हो ।) मैले मेरा सुब्बा बाजेलाई त्यो बेला दसैंमा किन त्यसो गरिन्थ्यो ? भनेर सोध्दा सुब्बा बाजे भन्नुहुन्थ्यो– ‘अन्त त्यसो नगरे त तेरो बाजेले उजुरी दिन्थ्यो नि त ।’ मेरो बाजे भनी सुब्बा बाजेले गरेको संकेत भने राज्यले खटाएको जोगी र पण्डितहरु प्रति थियो ।

किनभने, हरेक वर्षको दसै लगत्तै जय गोरख नाथ भन्दै जोगी (फेरी नलगाउने कान फट्टा) आउँथ्यो । त्यसैले माथि नै एक प्रसंगमा भनिए झै नेपाल जस्तो १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र १० धर्मालम्बीहरु बसोबास गरेको देशमा हिन्दुहरुले मान्ने दसैं नै राष्ट्रिय चाड हुन सक्छ कि सक्दैन ? अझै पनि ‘कसैसँग अ’तिश’य अ’नुराग र कसैसँग अतिशय द्घे’ष !’ नराखीकन व्यापक रुपमा बहस र छलफल हुनु पर्छ । साथै तीनै तह (स्थानीय, संघ र केन्द्र) मा बस्ने आदिवासी जनजाति लगायत जात, जाति, धर्म, सम्प्रदायका मान्छेहरुले मान्ने धर्म र उनीहरुका चाडबाड, संस्कार–संस्कृतिहरुलाई पनि राज्य (तीनै तह) ले राष्ट्रिय चाडको रुपमा मान्यता दिनुपर्ने देखिन्छ । हुन त राज्यले विगतमा हिन्दुहरुको महान चाड बडा दसैंमा दिँंदै आएको लामो विदा कटौती गरेर छोट्याएको पनि छ । यसलाई पनि हामीले सकारात्मक ढंगले नै लिनुपर्ने हुन्छ । हुन त प्रदेश सरकार र स्थानीय तहले पनि कतिपय जातजाति, भाषाभाषी, धार्मिक समूह, सम्प्रदाय आदिको चाड, पर्व, जात्रामात्रा आदिमा प्रदेशस्तर र स्थानीयस्तरमा सार्वजनिक विदा दिन थालेको देखिन्छ । जुन कुरोलाई धेरै राम्रो मान्न सकिन्छ ।

बडा दसैंको अवसरमा राज्यले राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर संघीय मन्त्री, संघीय सांसद, प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद, महानगर पालिका, उपमहानगर पालिका, नगर पालिका र, गाउँ पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य (संभवतः सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी लगायतलाई पनि), निजामती कर्मचारी आदि सबैलाई (भाग शान्ति जय नेपाल !) गरिएको होला ।

किनभने, यस्तो कार्यले स्थानीयस्तरमा बसोबास गरेका विभिन्न जातजाति, भाषाभाषी, धार्मिक समूह, सम्प्रदाय आदिले पनि अ’पनत्व ग्रहण गर्छन् भने, आफ्नो चाड, पर्व र संस्कार, संस्कृतिप्रति गौरवको अनुभूति पनि गर्छन् । त्यसो त ‘कसैसँग अनुराग र द्घे’ष !’ नराखीकन भन्ने हो भने, खासमा दसैँ मात्रै नभएर हरेक चाड, पर्व, जात्रामात्रा आदिमा राजनीतिक र आर्थिक स्वार्थ पनि जोडिएको हुन्छ नै । त्यसको प्रत्यक्ष उदाहरण भनेको विगतका वर्षहरुमा ‘बडा दसैं’को अवसरमा हुने आर्थिक गतिविधिहरुलाई लिन सकिन्छ । किनभने, दसैैं चाडको आसपासको ३ महिनामा मात्रै समग्र देशको वर्षभरिको सम्पूर्ण आर्थिक कारोबारको आधा रकम बराबारको व्यापार–व्यवसाय हुने गरेको भनी कारोबार दैनिकमा गत वर्ष एक समाचार छापिएको थियो । हरेक चाड, पर्व, संस्कार, संस्कृति, जात्रामात्रा, मेला, उत्सव, महोत्सवहरुमा राजनीति हुने र सो राजनीतिमा सँधै राज्य पक्ष र राज्यमा पहुँच हुनेहरुकै हालीमुहाली हुने गरेको देखिन्छ । अझ नेपालको सन्दर्भमा भन्नु पर्दा यो वर्षको बडा दसैंको अवसरमा राज्यले राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर संघीय मन्त्री, संघीय सांसद, प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद, महानगर पालिका, उपमहानगर पालिका, नगर पालिका र, गाउँ पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य (संभवतः सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी लगायतलाई पनि), निजामती कर्मचारी आदि सबैलाई (भाग शान्ति जय नेपाल !) गरिएको होला ।

तर, धर्मनिरपेक्ष भई सकेको देशमा किन हिन्दुहरुको महान चाड बडा दसैंमा मात्रै राज्यले राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर संघीय मन्त्री, संघीय सांसद, प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद, महानगर पालिका, उपमहानगर पालिका, नगर पालिका र, गाउँ पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य (संभवतः सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी लगायतलाई पनि), निजामती कर्मचारी आदि सबैलाई (भाग शान्ति जय नेपाल !) गरिएको होला । तर, ‘कसैसँग अ’नुराग र द्घै’ष !’ नराखीकन छलफल र बहस गर्नुपर्ने विषयचाहिँ धर्मनिरपेक्ष भई सकेको देशमा किन हिन्दुहरुको महान चाड ‘बडा दसैं’को अवसरमा मात्रै ‘चाडबाडको भत्ता !’ भनेर राज्यले आफ्नो ‘ढुकुटीको धन !’ खासमा जनताले तिरेको कर बाँड्ने ? भन्ने बारे हो कि भन्छु ।

म आफु त के जान्नु र ? तापनि यसो हेर्दा हाम्रो जस्तो गरिब देशका गरिब माननीय तथा ताननीय, एवम् … हरुलाई निश्चिित अवधिसम्म उनीहरुलाई राज्यले पारदर्शी ढंगले चाडबाडको अवसरमा बाँड्ने भत्ता वा प्रोत्साहन आफैमा नराम्रो होइन कि ? भन्छु । त्यसैले अब यस पाटोबाट पनि सकारात्मक ढंगले बहस र छलफल चलाउने हो कि ? त्यसो त सुरुमा राजनीतिक दवाव र पछि विस्तारै प्रभाव र देखासिखीले गर्दा पनि आज आएर अधिकांश नेपालीहरुले बडा दसैंलाई आफ्नै जातीय चाडसरह मान्न थालेका छन्, मानी रअहेका छन् । माथि नै एक प्रसंगमा भनियो कि, धार्मिक रुपमा के हिन्दु !, के क्रिश्चियन !, के बौद्घ !, के किरात !, के प्रकृति पूजक !, के ईस्लम !, के बहाई !, के शिख !, के बोन !, के के जैन !, …, नेपालका सबै वर्ग, धर्म र सम्प्रदायका मान्छेहरुले आ–आफ्नो ढंगले एक–आपसमा ‘दसैं’ वा ‘बडा दसैं’ मान्ने गरेको र, सो अवसरमा बाक्लै रुपमा शुभकामना आदान–प्रदान गर्ने प्रचलन पनि बढ्दो क्रममा देखिन्छ÷भेटिन्छ ।
आज्ञे नेपालका ‘अति जान्ने सुन्ने (अजासु) !’हरुको जो हुकुम, जो मर्जी !

थप केही बुझ्नु परेः ९८४९९८५९९७, ९८६२४३६०४९
ninamkirat123@gmail.com

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्