Logo

नबिन चाम्लिङ राईको ‘प्रदेशी जिबन’ गित सार्बजनिक


आशा लिम्बु, काठमाण्डौ-नबिन चाम्लिङ राईको ‘प्रदेशी जिबन’ गित सार्बजनिक भएको छ । यस गित मुन्धुमस्टार टिभिको अफिसियल युट्युब च्यानलबाट स्टुडियो भिडियो आज सार्बजनिक भएको हो । यस गितको अफिसियल भिडियो (फुल भिडिय) तिहार अघी बजारमा आउने छ ।

‘प्रदेशी जिबन…’ गित प्रदेशमा बसेर गित मार्फत स्वदेशमा भएको मायाको याद पोखेको छन, आफ्नो माया दोबाटोमा बसेर आफुलाई कुरेरको कुरा गित मार्फत गरिएको छ । यो गित प्रदेशिको पिडा र गीतमा गाउ घर, मेलापात, हाटबजार, प्रकृती र सच्चा प्रेमलाई नयाँ टिपिकल भाकामा गित आएको हो ।

नबिन चाम्लिङ राईले नेपाली सांगीतिक आकाशमा एकपछि अर्को नया गित र संगीत दिदै बहुप्रतिभा देखाई रहेको छन । सार्वजनिक म्युजिक भिडियोका गित रचना र संगीत नबिन चाम्लिङ राईले नै गरेका हुन् । यस गितमा स्वर सदाबहार गायक कृष्ण भक्त राईको रहेको छ । साचो र मुन्धुमी मायालाई याद गर्दै चाडपर्ब आउँदा धेरै याद गरेको कुरा गित मार्फत राईले दिएका छन ।

सार्वजनिक गीत स्टुडियो किङ्स स्टुडियोमा रेकर्ड गरिएको गीत राजु कार्किले मिक्सिंग गरेका हुन्। यस गितमा एरेन्ज कृष्ण भक्त राई र रेकोर्डिस्ट मनोज साङोहाङ राईले गरेका हुन । यस गितको छायङ्कन तथा सम्पादन मुन्धुमस्टार टिभिले गरेको हो ।

को हुन नबिन चाम्लिङ राई ?

गितकार तथा संगीतकार नबिन चाम्लिङ राई झापामा २०२८ सालमा पापा धनपती चाम्लिङ राई र आमा भक्त कुमारी चाम्लिङ राईको जेठो छोरो रुपमा जन्मिएका हुन । आफ्नो परिवारमा श्रीमती र २ छोरिहरु रहेका छन । दमक बहुमुखी क्याम्पस झापाबाट बाचोलर अफ बिजिनियस स्टडी अध्यायन गर्नु भएको राई गितकार तथा संगीतकार सँगसङ्गै समाजसेवी समेत हुनुहुन्छ ।

सन २००७ देखि हङकङमा बसोबास गर्दै आउनु भएका राईलाई मन पर्ने गायकहरु स्वर सम्राट् नारायन गोपाल, प्रेम ध्वज प्रधान, अरुण थापा, दीप श्रेष्ठ, कृष्ण भक्त राई, उदय सोताङ, राजेश पायल राई, जगदीश समाल र रोसन गुरुङ रहेका छन । त्यस्तै गरी गायिकाहरु अरुणा लामा, मेलिना राई आदी छन ।

त्यस्तै गरी गितकार नोर्देन रुम्बा, श्रवण मुकारुङ, बिरेन्द्र राई आदी हुन भने दिब्य खालिङ, शान्तिराम राई, हरि लम्साल आदी मन पर्ने संगीताकर हुन । नबिन चाम्लिङ राई  नेपाली गित संगीताको क्षेत्रमा हिजो देखी नै सक्रीय रहेका छन ।

नबिन चाम्लिङ राईका कम्पोज गरि सकेको तर नन-रेकर्डेड गीतहरु गीतकार प्रवेश रुङ्माहाङ राई “दुखको भारि बोक्दै आए”, गीतकार चन्द्र सोम्बहाम्फे लिम्बु “भेटैमा भयो लुङ्गा ए”, गीतकार सरन चाम्लिङ “छाडी जाने मायालु”  र नबिन चम्लिङ राईको आफ्नै गीत “किन तिमिलाई भेटु भेटु लाग्छ” गित संगीत रहेका छन । यो सबै गितहरु छिट्टै बजारमा ल्याउने तयारिका साथ ऐरेन्ज हुँदै गरेको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्