Logo

सिद्धार्थ बैंकले एफवान सफ्टसँग सहकार्यगर्दै विभिन्‍न क्यास ब्याक योजना ल्याएको छ


सिद्धार्थ बैंकले चाडपर्व लक्षित गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एफवान सफ्टसँग सहकार्य गरी बैंकको मोबाइल बैंकिङ एप, सिद्धार्थ बैंक स्मार्टमार्फत विभिन्‍न क्यास ब्याक योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले बैंक स्मार्टमार्फत कारोबार गर्दा सिद्धार्थ बैंक स्मार्ट एप क्रियाशील गर्दा कात्तिक ६ देखि मंसिर ५ गतेसम्म पहिलोपटक बैंक स्मार्ट एप क्रियाशील गर्दा ५० को मोबाइल टपअप, कात्तिक १० देखि कात्तिक १४ गतेसम्म कारोबारको विवरणमा दसैँ लेखी तीनपटक रकम (न्यूनतम रु । १०० र ट्रान्सफर गर्दा रु । ३००) क्यास ब्याक पाइने बैंकले जनाएको छ ।

पहिलो र थप तीन कारोबारमा क्यास ब्याक पाइने बैंकले जनाएको छ । कात्तिक ६ देखि मंसिर ५ गतेसम्म पहिलोपटक कारोबार गर्दा वा रकम ट्रान्सफर गर्दा २० प्रतिशत अर्थात् अधिकतम सय क्यास ब्याक, थप तीन कारोबार गर्दा तीन सय क्यास ब्याक पाइने जनाइएको छ । क्यास ब्याक पाउन पाँच सय वा सोभन्दा बढी रकमको कारोबार गर्नुपर्नेछ ।

यसैगरी कात्तिक ६ देखि मंसिर ५ गतेसम्म कम्तीमा १० वा सोभन्दा बढी कारोबार गर्दा एफवान सफ्टले आफ्नो छनोट प्रक्रियाबाट पाँच ग्राहकलाई मोबाइल फोन उपहार प्रदान गर्ने जनाइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्