Logo

जोसेफ आर बाइडेन जुनियरलाई मा’र्ने ध’म्की


अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक तर्फबाट उम्मेदवार बनेका जोसेफ आर बाइडेन जुनियर तथा उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसको अ’पह’रण तथा ह’त्या गर्ने ध’म्की दिएको आ’रोपमा अमेरिकामा एक पुरूष प’क्राउ परेका छन्।

जेम्स डेल रीड नाम गरेका ती पुरूष शुक्रबार मेरील्यान्ड राज्यबाट प’क्राउ परेका हुन्। खु’फिया निकायले उनीवि’रू’द्ध बुधबार दायर गरेको आ’परा’धिक उ’जुरीमा ती मान्छेले सो कार्यका लागि केही कदम चालेका थिए भन्ने बारेमा केही खुलाएको छैन।

न्यू योर्क टाइम्समा प्रकाशित समाचारका अनुसार अक्टुबर ४ मा रिडले बाइडेन-ह्यारिसको निर्वाचन प्रचार सामाग्री राखिएको एक घरमा उनीहरूलाई अ’पहर’ण र मा’र्ने ध’म्की दिएको एक लिखित पर्चा छाडेका थिए।

उनले बाइडेन र ह्यारिससँगै उनका समर्थकहरूलाई समेत ध’म्की दिएका थिए। उनी ध’म्की छाडिएको घरको ढोकामा रहेको क्यामरामा कैद भएको उ’जुरीमा उल्लेख गरिएको छ। प्रहरीले रि’डलाई शुक्रबार प’क्राउ गरेको थियो।

एजेन्सी,वासिङ्टन

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्