Logo

भावना पञ्चकोशी होटेलबाट चार जना रेडपाण्डाको छालासहित प’क्राउ


दु’र्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना प’क्राउ परेका छन्। प’क्राउ पर्नेमा नौमुले गाउँपालिका–२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ का ४१ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार तथा नारायण नगरपालिका–९ दैलेख निवासी ४० वर्षीय सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए।

वीरेन्द्रनगर–६ स्थित गोदाम लाइनमा रहेको भावना पञ्चकोशी होटेलबाट बुधबार उनीहरूलाई प’क्राउ गरिएको हो। उनीहरूको साथबाट रेडपाण्डाको छाला (ओखेटो पहार) एउटा चार फिट लम्बाई र अर्को तीन फिट छ ईन्च लम्बाई गरी दुई थान बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताए।

प’क्राउ परेका चारै जनामाथि अ’नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्