Logo

सरकारले जिम्मा लिनु पर्छ धनगढीको घ’टना :नेपाल सुशासन अभियान


नेपाल सुशासन अभियानले धनगढीमा भएको प्रहरीको ह’त्या प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। बुधबार अभियानले धनगढीमा भएको घ’टनालाई लिएर विज्ञप्ति जारी गरेको हो।

ब’दमास व्यपारी, बे’इमान राजनीतिक व्यक्तिहरु र भ्र’ष्ट कर्मचारी समेतको बिचौलीया र त’स्करहरुबीच सांठगांठ हुँदा धनगढीमा प्रहरीको ह’त्या हुन पुगेको विज्ञप्तिमा उल्लेख छ।

‘यस्तो प्रकारको ग’लत र घृ’णित काम, नीति र र’वैयालाई सरकारले सुधार्नु पर्छ र यस घ’टनाको जिम्मेवारी सरकारले लिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सेटिङमा नमिल्ने र केही इमान्दार प्रहरी तथा कर्मचारीहरु नि’रिह, पी’डित हुन्छन् जसकारण यसरी मा’रिन्छन्। ’यस्ता घ’टना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले जनताको सहयोग लिई सूचना आदानप्रदान गरी कार्यसम्पादन गर्नुपर्ने सुशासन अभियानको भनाइ छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्