Logo

जगमान गुरुङ र बालकृष्ण माबुहाङले किन जग हँसाउनु भएको होला ? -तारामणि राई


त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक डा.तारामणि राईले ‘राई–लिम्बु किरात होइनन्’ भन्ने तर्क गर्ने संस्कृतिविद् जगमान गुरुङ र उनको भनाइमा सहमति जनाउने प्राध्यापक बालकृष्ण माबुहाङको कुरा ‘हास्यस्पद’ रहेको बताएका छन् । उहाको फेसबुकमा राकिएको स्टाटस हेर्नुहोस :जगमान सरले ‘राई र लिम्बू किरात होइनन्’ भनेर ठोकुवा गर्नु भएछ ।

त्यति मात्रै होइन, असली किरात त ज्यापु, गुरुङ, मगर, थारू मात्र हो भन्नु भएछ । यद्पि उहाँहरूले ‘किरात हुँ’ भन्न हिच्किचाए पनि उहाँहरू किराती नै होइनन् भन्ने चाहिँ होइन ।खुलेर ‘किराती हुँ’ भनेर आउनु भए काँधमा काँध मिलाएर अघि बढ्न सकिन्थ्यो । किन स’त्ताधारीसँग भि’ख मागेर बस्नु पर्थ्यो होला ? राई-लिम्बू किरात नै हुन् भन्ने कुरामा मेरा केही आधार र तर्कहरू छन् :

१) प्राग्इतिहास (प्रे- हिस्टोरी) को अध्ययन वा खोजी मूलत: भाषा र पुरातात्विक आधारमा गरिन्छ । स्थाननाम (तोपोन्य्मे) लाई नै लिऔं । लिच्छविकालीन अभिलेखमा पाइएका गैर–संस्कृत अर्थात् किराती भाषामा रहेका काठमाडौं उपत्यकाको नदीका नामहरूमा –कु, – खु प्रत्यय लागेको देखिन्छ, जस्तै: विल्लाह्–खु (चाँगु), या–कु (अहिलेको वर्तमान ठाउँ नखुलेको), चुत्लुङ–खु (मंगलबजार, पाटन), जाप्ति–खु (नारायण चौर), तेङ्–खु (अपभ्रंशित रुप टेकु) हुडि–खु (नक्साल), साँ-खु (स्रोत : धनबज्र बज्राचार्य २०२५, कमलप्रकाश मल्ल २०७३)कु र –खु प्रत्यय लाग्ने ओल्लो वा माझ किरातमा प्रशस्त खोलानालाका नामहरू छन्, जस्तै : वा-कु, का-कु, लाकु, लि-खु, छिनाम-खु, छाला-खु, बयाखु आदि सयौं नामहरू अद्यावधि छ । यो कुनै संयोग मात्र होइन । यसले काठमाडौं उपत्यकामा रहेका स्थाननामहरूको लेगक्री लाई जोड्ने र भौगोलिक वितरणको पत्तेर्न लाई देखाउँछ । यसबाहेक ओल्लो, माझ र पल्लो किरात भनेर ऐतिहासिकी पनि जोडिएको छ ।

२) मिथक (म्य्थोलोज्ञ्) वा मुन्दुममा योंलाको प्रसँग आउँछ । योंलाबासी किराती नै यल > यलम् > यलम्बर भएका त होइनन् भनेर अनुमान गर्न सकिन्छ । यलम्बर चाहिँ यल±अम्बर ‍(सन्स्कृतिजेद्) बनेको देखिन्छ । त्यसकारण यल वा यलम् नै मौलिक नाम हो भने यसको सिधा सम्बन्ध किराती मुन्दुममा समेत देखिन्छ । त्यसैगरी थारूह-बाजुह भनेर थारू र धिमाललाई मिथकमा दाजुभाइ मानेको पाइन्छ । खुवालुङ (हालको धरान चतरा)हुँदै दुधकोशी, सुनकोशी, अरूण आदि पछ्याउँदै गएको मिथक देखिन्छ । त्यसैले थारू चाहिँ असली किराती हुने, राई-लिम्बू किराती नहुने भन्ने कुरा नै हास्यस्पद छ ।

३) किरात राजाहरू कुनै न कुनै हिसाबले गुरुङ मगर आदिमा थरका रूपमा आएको हुनाले किरात दाबी गर्नुभएको छ । मैले थरगत हिसाबले त्यति धेरै हेरेको छैन तर पनि चाम्लिङमा यलुङ (छा) अर्थात् यल रहेको पाएको छु । शायद यलम्बर वा यलमको विरासतका रूपमा यल वा यलुङ शब्द जीवित रहेको त होइन ? यसबारे अरू अध्ययन गर्नु आवश्यक छ । किराती पहिचान पृमोर्दिअल हो वा कोन्स्त्रुक्तिवे हो भन्ने हिसाबले छुट्टै बहस गर्न सकिन्छ । तर हजारौं वर्षदेखि एक हिसाबले स्थापित सभ्यता वा स्थिर पहिचान भएका कारण यसलाई दिग्भ्रमित तुल्याउने काम नगरौं ।

किराती हौं, होइनौं भन्दै पछाडि पछाडि फर्किदै जाने हो भने बर्मुडा ट्राङ्गलमा पुगिएला… बरू मलाई त लागिरहेको छ -किरात प्रदेशको मागदाबीको मुद्दालाई कमजोर पार्नका लागि कतै षड्यन्त्रपूर्वक फालिएको तुरुप त होइन यो ? किनभने ‘फुटाउ र राज गर’ भन्ने स्थापित मान्यता छ । त्यसो त जगमान सरले पहिलेदेखि ‘कोशी’ प्रदेश हुनुपर्ने दिव्य सन्देश दिँदै आइरहनु भएको छ । बरू जगमान सरको को’रोना मन्त्र चाहिँ निकै रमाइलो थियो । तपाईको मन्त्रले आजसम्म कति जना कोरोना रोगी ठीक भए होलान् ? ? ? ‘दसैं जनजातिको पर्व हो’, ‘आदिवासी जनजातिहरु हिन्दु हुन्’ भन्ने तर्क गर्दै आएका संस्कृतिविद् जगमान गुरुङले हालै … ।! (फेसबुकबाट लिईएको हो ।)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्