Logo

नेपाल टेलिकमले जीएसएम मोबाइल सेवा सोलुखुम्बुको वि’कट क्षेत्रमा सञ्‍चालन गर्दै


नेपाल टेलिकमले सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज २९ देखि सञ्चालनमा आएको मोबाइल सेवामार्फत अब सो क्षेत्रका ग्राहकले कुराकानी गर्न र डाटासमेत चलाउन सक्नेछन् । योभन्दा पहिले सो क्षेत्रमा कम्पनीको स्काई मोबाइलबाट मात्र सेवा उपलब्ध थियो । नुम्बुर हिमालको काखमा रहेको दुधकुण्ड नगरपालिकाको ताक्सिन्दुस्थित ३ हजार १३० मिटर उचाइमा जीएसएम प्रविधिको बीटीएस टावर स्थापना गरिएको टेलिकमले जनाएको छ ।

लुक्ला हुँदै नाम्चेसम्म पुग्ने पदयात्री यही रुट भएर जाने हुनाले यसबाट पर्यटकहरुसमेत लाभान्वित हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । सो क्षेत्रका नुनथला, फुलेबी, सेरा, खरिखोला, जुबिङ र पैयाँलगायत क्षेत्रका करिब ६ सय घरधुरी अब कम्पनीको मोबाइल सेवाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखी दुर्गम तथा अति विकट स्थानका रुपमा चिनिने ती क्षेत्रका बस्तीमा नेपाल टेलिकमले नि:शुल्क सिम वितरण सुरु गरेको छ ।

त्यसैगरी सोलुकै दुधकोसी गाउँपालिका ४, जुबु बलंगामा अर्को टावर पनि हालै सञ्चालनमा ल्याइएको छ । करिब एक हजार २३० मिटर उचाइमा रहेको यो टावरले पनि सो क्षेत्रअन्तर्गत पर्ने देउसा, मुक्ली, कागेल, पञ्चन र जुभु गरी यस क्षेत्रका चार हजार घरधुरीलाई सेवा प्रदान गर्नेछ । यसका साथै ओखलढुंगाको रुम्जाटारमा टेलिकमको ग्राहक सेवा केन्द्र पुनर्स्थापना गरिएको छ ।

कम्पनीले पहिलेदेखि नै रुम्जाटार र त्यहाँ रहेको विमानस्थलस्थित ग्राहक सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको भए पनि करिब दुई वर्षदेखि केन्द्र सञ्चालनमा थिएन । ग्राहक सेवा केन्द्र पुनर्स्थापना भएपछि सेवाग्राहीलाई टेलिफोन जडान गर्न, इन्टरनेट सुविधा लिन, नयाँ सिमकार्ड खरिद गर्न वा सिम परिवर्तन गर्न सहज हुनेछ । सार्थै सेवाबापत भुक्तानी गर्नुपर्ने बिल पनि सो केन्द्रमा सहज रुपले भुक्तानी गर्न सकिनेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्