Logo

चिनियाँ बिआरआई परियोजना बारे प्रचण्ड र बाबुरामको समान धारणा: बिआरआई परियोजनाबाट चीन र नेपाल दुवै देशलाई फाइदा हुने कुरामा जोड


काठमाण्डौ- पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बिआरआई परियोजना महत्वपूर्ण हुने बताएका छन् ।

मंगलबार चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति, स्थायित्व र विकासका लागि बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना महत्वपूर्ण हुने बताएका हुन् ।

बिआरआई परियोजनाबाट चीन र नेपाल दुवै देशले फाइदा लिन सक्ने भएकाले यसलाई आफूले महत्वपूर्ण अवसरको रूपमा लिएकोसमेत अध्यक्ष दाहालले बताए ।

यस्तै गत वर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणमा भएका सम्झौताले पनि दुई देशको भावनालाई समेटेको उनले बताए ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बिआरआईले यस क्षेत्रको नवीनता, उत्पादकत्व र प्रगतिका लागि महत्वपूर्ण हुने बताए ।

बिआरआई परियोजनाले दुई देशबीच वित्तीय एकीकरण र नीति समन्वयका लागि काम गर्ने विश्वाससमेत व्यक्त गरे ।

त्यस्तै बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य शृंखलामा पहुँच पुऱ्याउन सघाउ पुग्नेसमेत पूर्वप्रधानमन्त्री भट्टराईले बताए ।

बिआरआईका नाैवटा आयोजनाअन्तर्गत ट्रान्स–हिमालयन कनेक्टिभिटीले नेपाली नागरिकलाई सबैभन्दा बढी आकर्षित गरेकोसमेत उनले बताए ।

यसले नेपालको भूराजनीतिक परिवर्तनमा महत्वपूर्ण हुने पनि उनले बताए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत छनोट गरेका नाैवटा आयोजनालाई छिट्टै अन्तिम रूप दिएर कार्यान्वयनमा जानुपर्ने बताए ।

यस्तै नेपालले अघि सारेको ‘समृद्ध नेपाल सुखि नेपाली’ अभियानलाई सार्थक बनाउनसमेत बिआरआई परियोजना महत्वपूर्ण हुने उनको भनाइ छ ।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागमन्त्री सोङ ताओ, चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत कमिटीका सेक्रेटरी वु यिंगजीलगायतले सम्बोधन गरेका थिए ।

चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणको वार्षिकोत्सवको अवसर पारेर चिनियाँ कम्युनिीट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरुको प्रथम संयुक्त परामर्श सम्मेलन’ आयोजना गरेको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्