Logo

चर्चित गायक तथा संगीतकार राजेश राईको ‘हासी हासी नहेर’ गित सार्बजनिक


काठमाण्डौ-चर्चित गायक राजेश राईको ‘हासी हासी नाचेर’ गित सार्बजनिक भएको छ । म्युजिक भिडियो गायक राजेश राईको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

लुकिलुकी नहेर मोहन लाग्ला…भन्दै माया प्रेमको कुरा गित मार्फत गरिएको छ, पहिलो पहिलो देख्दा हुने मायाको गुनगान गर्दै चोखो मायाको कुरा गरिएको कुरा गायक राईले बताए । राईले थपे, ‘यो रोमान्टिक पप गित हो, कुनै केटालाई केटिले हेरेर भित्र-भित्रै देखाएर मन पराउदाको क्षण, मायाको साईडबाट गरिएको भाबना हो ।’

राजेश राईले नेपाली सांगीतिक आकाशमा एकपछि अर्को नया गित र संगीत दिदै बहुप्रतिभा देखाई रहेको छन । सार्वजनिक म्युजिक भिडियोका संगीत राजेश राईले नै गरेका हुन्। यस गितमा महिलाको स्वर जेस्मी लिम्बुले साथ दिएकी छिन ।

सार्वजनिक गीत स्टुडियो आरोही ईन्टर्टाइमेन्टमा रेकर्ड गरिएको गीत योगेश काजिले एरेन्जर र मिक्सिंग अशोक महर्जनले गरेका हुन्। म्युजिक भिडियोका मुख्य कलाकारहरु कमल सिंह र सिमरान थापाको रहेको छ ।

त्यस्तै गरी म्युजिक भिडियोका छायांकन अनिल कटुवालाले गरेका हुन । र, इडिट तथा कलर अर्जुन कटुवाल र निर्देशक आशिश राईले गरेका हुन् । यो भिडियोको सुटिङ पर्यटकिय-नगर नगरकोटमा गरिएको हो ।

म्युजिक भिडियो तलको लिन्क क्लिक गरी हेर्नुहोस :

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्