Logo

अदालतमै उपप्रमुखद्वारा आ’त्मह’त्या


हुबेइ प्रान्तको उच्च अदालतका उपप्रमुख झाङ झोङबिनले कार्यालयमै आ’त्मह’त्या गरेको पाइएको छ । चिनियाँ सञ्‍चारमाध्यम ग्लोबल टाइम्सका अनुसार लामो समयदेखि बि’रामी रहेका झोङबिन शनिबार कार्यालयमै झु’ण्डिएको अ’व’स्थामा फेला परेका हुन् ।

अदालतले मंगलबार बिहान आफ्नो आधिकारिक वेबसाइटमार्फत झाङ लामो समयदेखि बि’रामी रहेको र उनी औषधि सेवन गरिरहेको बताएका छन् । अदालतले घ’टनास्थलमा अनुसन्धान गरिसकेपछि उनको ह’त्या भएको हुनसक्ने आ’शं’कलाई अस्वीकार गर्दै आ’त्मह’त्या भएको ठहर गरेको जनाएको छ ।

वुहानको वाङचुङ जिल्लाका स्थानीय प्रहरीले आफ्नो सिना विबोमार्फत मंगलबार आफूलाई सोमबार दिउँसो ३ बजे अदालतमै एक व्यक्त झु’ण्डिएको भन्‍ने खबर प्राप्त भएको जनाएको छ ।

अनुसन्धानका क्रममा उनी अदालतका ५३ वर्षीय उपप्रमुख झाङ रहेको ठहर गरिएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । झाङ सन् १९९० देखि हुबेइ प्रान्तको शासी पिपुल्स कोर्टमा सहायक न्यायाधीशको रुपमा काम सरु गरेका थिए ।

 ग्लोबल टाइम्स

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्