काठमाण्डौ – चर्चित गायक तथा  युवा संगीतकार अनिल कोयी राईको पृथक नया लोकभाका चर्चित गायिका सुनीता थेगेम संगको युगल आवाजमा रहेको ‘भैयोनी पुरानो…!’ म्युजिक भिडियो तक्मेबुडा डटकम युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

तक्मे बुढाको अलिकती फिल्म शैलिमा केहि डाईलग सहित शुरु गर्दै गितको कथामा ढालिएको छ, तक्मे बुढाको यो पुरानो शैलिको म्युजिक भिडियो बनाउने स्टायल हो ।

अनिल कोयी राईले नेपाली सांगीतिक आकाशमा एकपछि अर्को नया गित र संगीत दिदै बहुप्रतिभा देखाई रहेको छन । सार्वजनिक म्युजिक भिडियोका संगीतकार अनिल कोयी राईले नै यस गीतका रचना समेत गरेका हुन्।

संगीतकार तथा यस गीतका गीतकार अनिल कोयी राईले भने ‘भईयो नि पुरानो मायाको एक कथा हो, जो निकै नै पुरानो स्मृतिलाई याद दिलाउछ । गीतमा गाउ घर, मेलापात, हाटबजार, प्रकृती र सच्चा प्रेमलाई नयाँ टिपिकल भाकामा गित आएको हो ।’

उनले थप्रे ‘गीत दर्शक श्रोतावीच राख्न सफल भएकोमा सम्पूर्ण कलाकार लगायदका टिम भित्रका मेहनतले छोटो समयमा सार्वजनिक गर्न सकिएको बताउदै, गायक राईका अनुसार विशेष तक्मेबुढा विलसन विक्रम राईको सहयोगले यो कर्म गर्न गरिएको हो ।’

गाउघरको अर्गानिक भाकाको गित र त्यस अनुसारको जन-जिबनको बिम्ब र प्रतिबिम्ब देखाउदै टिपिकल गित तयार युवा र चर्चित संगीतकार तथा गायक अनिल कोयी राईको रहेको छ । साल्पा, सिलिचुङ, साकेलाथान आदिलाई भाकेर र चिट्ठी लेखेर प्रेमा गर्ने जिन्दगीको जिबन्तको कथा गित मार्फत ल्याएका छन ।

‘भैयोनी पुरानो…!’ गीतको अफिसियल म्युजिक भिडियो श्रोता तथा दर्शकमाझ आइताबार सार्वजनिक गरेका छन् । दिउँसो सार्वजनिक गरिएको सो गीतमा निकै मिठो गाउघर, प्रकृती र प्रेमको बयन गरिएको छ ।

सार्वजनिक गीत स्टुडियो किङमा रेकर्ड गरिएको गीत राजु कार्कीले एरेन्जर र मिक्सिंग गरेका हुन्। म्युजिक भिडियोका मुख्य कलाकारहरु कविता आले, विलसन विक्रम राई, एलिशा राई, विशाल योङहाङ र हरी अधिकारी रहेको छ ।

त्यस्तै गरी म्युजिक भिडियोका ड्रेस डिजाइनर कल्पना योङहाङले गरेका छन् भने कोरियोग्राफर सुरेन्द्र बसेल, छायांकन नवराज उप्रेदी, इडिट र कलर मनोज कार्की र निर्देशक विलसन विक्रम राईले गरेका हुन्। म्युजिक भिडियो तलको लिन्क क्लिक गरी हेर्नुहोस :