Logo

युएनडीपीद्वारा प्रदेश १ लाई ७५ लाख मूल्य बराबरको सहयोग सामग्री दिइयो


संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) ले प्रदेश १ सरकारलाई रु ७५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेको छ । कोसी अस्पताल को’भिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई ती स्वास्थ्य सामग्री तथा उपकरण सोमबार हस्तान्तरण गरिएको छ ।

युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटरलगायत सामाग्री सहयोग गरेको हो । एक कार्यक्रमबीच सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई युएनडीपीका प्रदेश १ र २ का कार्यालय प्रमुख धनबहादुर चन्दले स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

मन्त्री घिमिरेले विराटनगरस्थित को’भिड अस्पतालको क्षमता विस्तार गर्न लागेको बताउँदै प्राप्त सामग्रीले सहयोग पुग्ने बताए । भने,“अस्पतालमा थप बेड विस्तारसहित १५ वटा भेन्टिलेटर राख्दैछौं ।” विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकाले निजीस्तरको सहयोगमा अक्सिजन सहित एकसय बेडको प्रिकोभिड केयर सेन्टर (अस्पताल) संचालन गर्ने तयारी रहेको जानकारी दिए ।

युएनडीपीबाट प्राप्त सामग्रीबाट पीसीआर परीक्षणमा सहयोग पुग्ने कोसी अस्पताल विराटनगरका मेडिकल सुुपरिटेन्डेन्ट डा . चुमनलाल दासले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्