Logo

को’रोना बड्न नदिन इटालीमा थप नयाँ नियमहरु कडा गरिए


को’रोना भा’इरसको सं’क्रमण पुनः बढ्न थालेपछि इटालीमा प्रतिबन्धात्मक नियमहरु थप क’डा गरिएका छन् । मास्क लगाएर उपस्थित भएका प्रधानमन्त्री जुसेपे कोन्टेले पुनः ल’कडाउनको अवस्था आउन नदिनका लागि प्रतिबन्धात्मक उपायहरु लागु गर्नु परेको बताएका छन् । मेयरहरुलाई आफ्नो सहरका सार्वजनिक स्थलहरु निश्‍चित समयपछि ब’न्द गर्ने तथा रेस्टुरेन्ट खोल्ने समय तथा त्यहाँ उपस्थित हुन पाउने मानिसको संख्या निर्धारण गर्ने अधिकार दिइएको छ ।

इटालीमा पछिल्ला दिनहरुमा लगातार सं’क्रमितको संख्या बढ्दै गएको छ । आइतबार एकैदिन ११ हजार ७०५ जनामा सं’क्रमण पुष्टि भएको छ । त्यसअघि शनिबार १० हजार ९२५ जनामा सं’क्रमण पुष्टि भएको थियो । को’रोना भा’इरसको म’हामा’रीको पहिलो लहरमा युरोपमा सबैभन्दा पहिले सबैभन्दा बढी प्रभावित हुने देश इटालीमा अहिले म’हामा’रीको दोस्रो लहर सुरु भएको हो ।

युरोपका विभिन्‍न देशमा पनि अहिले सं’क्रमण पुनः बढ्न थालेको छ । इटालीमा अहिलेसम्म चार लाख १४ हजारभन्दा बढीमा सं’क्रमण पुष्टि भएको छ र ३६ हजार पाँच सयजनाको ज्यान गएको छ । प्रधानमन्त्री कोन्टेले टेलिभिजनमार्फत आइतबार बेलुका गरेको सम्बोधनमा अर्थतन्त्रमा ग’म्भीर असर पार्ने विगतको जस्तो ल’कडाउन गर्नु पर्ने अवस्था नआओस् भन्नका लागि समय खेर नफाली सुरक्षाका लागि प्रतिबन्धात्मक उपायहरु अपनाउनुको विकल्प नरहेको बताए । बीबीसी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्