Logo

बेनिशा हमालको ‘भाँडाकुटी’आउदै


दुई वर्ष अघि प्रदर्शन भएको ‘घर’ पछि अभिनेत्री बेनिशा हमालले बल्ल नयाँ फिल्म साइन गरेकी छिन् । शनिबार घटस्थापनाको दिन पारेर घोषणा गरिएको फिल्म ‘भाँडाकुटी’मा बेनिशा मुख्य अभिनेत्रीको रुपमा देखिनेछिन् । फिल्ममा मुकुन भुषाल उनको जोडीको रुपमा रहनेछन् ।

दृष्यमाला सिनेमाले बनाउन लागेको यो सिनेमालाई किरण बिकले निर्देशन गर्न लागेका हुन् । उनले फिल्मले विवाह सम्बन्धी चार कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने दाबी गरे । ‘विवाहलाई केन्द्रमा राखेर बुनिएका चार कथा फिल्ममा प्रस्तुत हुनेछन् । फिल्मले बच्चादेखि बयस्कसम्मका कथा भन्नेछ,’ किरणले भने ।

फिल्मको लेखक किरण विकले नै गरेका छन् भने कलम खड्का फिल्मका निर्माता हुन् । फिल्म निर्माणको घोषणा घटस्थापनामा भएपनि फिल्म फागुनबाट मात्रै छायांकनमा जाने निर्माण पक्षले जानकारी गराएको छ । यो चलचित्रलाई निशल पौडेलले खिच्नेछन् । फिल्ममा महावीर विश्वकर्मा, शेखर सुवेदी, रिजेन थापा आदि कलाकारको पनि अभिनय रहनेछ । फिल्मको छायांकन बुटबलमा गरिने पनि निर्देशक बिकले जानकारी गराएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्