Logo

ड्युटीमा गएका असई र हवल्दार बे’पत्ता


कैलालीमा ड्युटीमा खटिएका एक असईको श’व फेला परेको छ। अर्का प्रहरी जवान बे’पत्ता छन्।अस्थायी प्रहरी पोष्ट जुगेडाबाट राति ८ बजे नियमित गस्तीमा गएका असई गोविन्द विकको श’व धनगढी उपमहानगरपालिका-११ को मोहना खोलामा भेटिएको हो।प्रहरी जवान रामबहादुर साउद बे’पत्ता भएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ।

ड्युटी सकेर फर्किने समयमा पनि नआएपछि राति नै उनीहरूको खोजी थालिएको थियो।‘खोज्दै जाँदा मोहना नदीमा घोप्टो परेको अवस्था एउटा श’व फेला परेको छ। उनीहरूमध्ये एक हुनसक्ने अनुमान गरिएको छ,’ प्रदेश प्रहरी कार्यलयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले भने।

अहिले खोलाबाट श’व निकाल्ने काम भइरहेको छ।घ’टनास्थल नेपाल-भारत सीमामा पर्छ। असई तस्करी नियन्त्रणमा आक्रामक रुपमा काम गर्दै आएका थिए।‘यो घ’टना तस्करहरूले घ’टाएको प्रारम्भिक बुझाइ हाम्रो छ,’ प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले भने।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्