Logo

भोजपुर जिल्लामा नेकपा परित्याग गर्दै काङ्ग्रेस प्रवेशको लहर


भोजपुर । नेकपाको लालकिल्ला उपनाम तथा प्रतिनिधि सभा सांसद माननीय सुदन किरातीको गाउँ ओख्रेका १ सय ९३ जना स्थानीय नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । रामप्रसादराई गाउँपालिका वडा नं १ ओख्रेमा कात्तिक १ गते औपचारीक कार्यक्रम गरी उनीहरु एकैचोटि काङग्रेस पार्टि प्रवेश गरेका हुन् ।

पार्टि प्रवेश गरेका उनीहरुलाई आजनै कार्यविभाजन गरी जिम्मेवारी तोकिएको छ। जसमा हेमन्त राईको अध्यक्षतामा १४ सदस्य मुल कार्यसमिति गठन,आकाश राईको अध्यक्षतामा ४६ सदस्य तरुणदल गठन, तथा विकि राईको अध्यक्षतामा साविक वडा नं २, संजय तामाङको अध्यक्षतामा साविक वडा नं ३, अनिल कुमार राईको अध्यक्षतामा साविक वडा नं ५, जय कुमार तामाङको अध्यक्षतामा साविक वडा नं ६, सन्दिप तामाङको अध्यक्षतामा साविक वडा नं ७, चन्द्र कुमार राईको अध्यक्षतामा साविक वडा नं ८, र साविक वडा नं ९ मा वडा कमिटि गठन गरीएको छ । ७ वटै टोल कमिटिका एकमुस्ट १ सय ३३ जना सदस्य रहेका छन् ।

भोजपुर जिल्लामा नेकपा परित्याग गर्दै काङ्ग्रेस प्रवेशको लहर

नेपाली काङ्ग्रेस मुल कार्य समिति सभापती हेमन्त राईको अध्यक्षतामा भएको पार्टि प्रवेश तथा कार्य विभाजन कार्यक्रममा जिल्ला कार्यसमिति सभापती नन्दमणी राईको प्रमुख आतिथ्यता र बालकृष्ण थापा, कैलाश कुमार आले, विनोद वान्तवा, हेमन्त मुकारुङ, सफल किरात, गोपाल मोक्तान, निर कुमार विक, सरोज बस्नेत, दिपा शर्मा, निर्मला  खड्का, लिलामाया तामाङ, ज्योती पौडेल, घमचन्द्र दाहाल, अनोज कार्की लगायत नेपाली काङ्ग्रेसका नेताहरुले उनीहरुलाई अविर, खादा लगाएर पार्टि प्रवेश गराएका थिए ।

भोजपुर जिल्लामा नेकपा परित्याग गर्दै काङ्ग्रेस प्रवेशको लहर

यसअघि प्रदेश १ का मुख्यमन्त्रि शेरधन राई, नेकपा जिल्ला कमिटि अध्यक्ष प्रेम राई तथा नेकपाको पकेट क्षेत्र मानिने हतुवागढि गाउँपालिकाको वडा नं २ लुङगीन र पुर्व पर्यटन मन्त्रि कृपाशुर शेर्पाको गाउँ  भोजपुर नगरपालिका वडा नं ५ स्थित ढुङ्गे, मुढे र फेदि गाउँका सबै स्थानीय नेकपा परित्याग गरि काङ्ग्रेस प्रवेश गरिसकेका छन् ।

भोजपुर जिल्लामा नेकपा परित्याग गर्दै काङ्ग्रेस प्रवेशको लहर

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्