Logo

नागरिकहरू रो’ग र भो’कले त’ड्पि’रहेको बेलामा सांसद, मन्त्रीहरूले दसैं खर्च लिनु अनुचित:विवेकशील नेपाली


विवेकशील नेपाली दलले बागमती प्रदेश सरकारलाई प्रदेश सभाका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरूलाई दसैं भत्ता नबाँड्न आग्रह गरेको छ। को’भिड -१९ को म’हामा’रीको समयमा दिन अ’नुकूल नभएकाले यदि रकम बाँडेको भए पनि फिर्ता गर्न दलले आग्रह गरेको हो।

यसअघि आफूहरूले म’हामारी अवधिभर सांसद, मन्त्री तथा सल्लाहकारहरूको तलब सुविधामा कम्तिमा २५ प्रतिशत क’टौती गर्न र सांसदहरूलाई निर्वाचन क्षेत्रमा विकास गर्न भनी छुट्याइने कोष कम्तिमा २ वर्षलाई भए पनि स्थगन गर्न भने पनि सुनुवाइ नगरी फजुल खर्च बढाइरहेको दलले बताएको छ।

आम सर्वसाधारण नागरिकहरू रो’ग र भो’कले त’ड्पि’रहेको बेलामा सांसद, मन्त्रीहरूले दसैं खर्च लिनु अनुचित कार्य रहेको दलको ठहर छ।‘हामी उक्त कार्य अ’विलम्ब रोक्न र खातामा पठाइएको दसैं खर्च फिर्ता गरी को’भिड कोषमा दाखिला गर्न संघ एवं सबै प्रदेश सरकारहरुको ध्यानाकर्षण गर्दछौं’, दलद्वारा विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेशमा रहेका हाम्रा सांसदहरूले उक्त रकम नलिने र प्राविधिक रूपमा खातामा आइसकेको भए फिर्ता गर्ने व्यहोरासमेत जानकारी गराउँछौं।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्