Logo

निर्देशनालयले शनिबार सं’क्रमित भएको भनिएको तथ्यांक विज्ञप्ती मार्फत सच्याए


प्रदेश २ सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले शनिबार सं’क्रमित भएको भनिएको तथ्यांक सच्याएको छ । शनिबार एकैदिन बर्दिबास नगरपालिकामा ११३ जना सं’क्रमित थपिएको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको थियो । उक्त विज्ञप्तीमा उल्लेख गरिएको तथ्यांकलाई बर्दिबास प्रयोगशालाबाट प्रमाणित गरेपछि ग’लत तथ्यांक सार्वजनिक गरिएको भन्दै  समाचार सम्प्रेषण गरेपछि निर्देशनालयले अर्को विज्ञप्ती मार्फत तथ्यांक सच्याएको हो ।

ग’लत तथ्यांकसम्बन्धी समाचार आइसकेपछि निर्देशनालयका सूचना व्यवस्थापक प्रकाश शर्माले“बर्दिबास प्रयोगशालाबाट हिजो (शुक्रबार) असोज २ गतेदेखि महिनाभरको तथ्यांक एकैदिन प्राप्त भएको थियो । उक्त तथ्यांकलाई एकै दिनको भनेर सार्वजनिक हुन पुगेकोमा सच्याएर पुरानो तथ्यांकसमेत समावेश हुन पुगेको जानकारी गराउन चाहन्छौं” शर्माले जारी गरेको अर्को विज्ञप्तीमा उल्लेख गरिएको छ ।

को’रोना सं’क्रमितको तथ्यांक फरक !

प्रदेश २ मा शनिबारसम्म १४ हजार ८ सय ४७ जना सं’क्रमित भएका छन् । ती मध्ये १ सय ६० जनाको मृ’त्यु भएको छ भने १२ हजार ७ सय ९४ जना को’रोनामुक्त भइसकेका छन् । १ हजार ८ सय ९३ जना सक्रिय सं’क्रमित रहेका छन् ।सक्रिय सं’क्रमितहरु प्रदेशका विभिन्न जिल्लासँगै केही राजधानी लगायत देशका अन्य अस्पताल र केही होम आइसोलेशनमा बसेर उपचार गराइरहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका उप निर्देशक विजय कुमार झाले जानकारी दिए ।अर्को विज्ञप्ती जारी गर्दै बर्दिबास प्रयोगशालाबाट प्राप्त पुरानो तथ्यांक त्रु’टिवश एकैदिनको भनेर सार्वजनिक हुन पुगेको प्रष्ट्याएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्