Logo

सञ्चारकर्मी विश्व लिम्बुको नयाँ म्युजिक भिडियो सार्वजनिक


सञ्चारकर्मी विश्व लिम्बुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमिता राईले गाएको बाचा बन्धन बोलको म्युजिक भिडियोमा सञ्चारकर्मी देख्न सकिन्छ ।

म्युजिक भिडियो सुमिता राई च्यानलमार्फत सार्वजनिक गरिएको छ । उनको यो तेस्रो म्युजिक भिडियो हो । उनले भने–म्युजिक भिडियोमा आउनु मेरो बाध्यता हो ।

साथीभाईले अनुरोध गरेपछि नाई भन्न नसकेर मात्रै म्युजिक भिडियोमा देखिएको विश्वको स्पष्टोक्ती छ । थैली इन्टरटेनमेन्टको प्रस्तुती रहेको भिडियोमा भूपेन्द्र तुम्बाहाम्फेको निर्देशन रहेको छ भने सम्पादन अनिल राना मगर र श्रृङ्गार विमला तामाङको छ ।

गीतमा मुकेश राईको शब्द तथा मन थुलुङको सँगीत संयोजन हरि लम्सालको रहेको छ । बाकी भिडियोमा हेर्नुहोस :

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्