Logo

कर्णाली प्रदेशको विवाद दुई अध्यक्षले मिलाउँछौं, पार्टी निर्णय मान्नुस् – अध्यक्ष ओली


काठमाडौं । कर्णाली प्रदेशका दुवै पक्षलाई राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा छलफल गरेका छन् ।  कर्णाली प्रदेश नेकपा संसदीय दलका १८ जना सांसदहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविस्वासको प्रस्ताव अघि बढाएपछि पार्टी अध्यक्षसमेत रहेका ओलीले सबै पक्षका कुरा सुनेका थिए ।

बिहीबार नै उनीहरूलाई छलफलका लागि बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले आजमात्रै समय निकालेका थिए । छलफलमा पार्टी महासचिव विष्णु पौडेल, सहइन्चार्ज यामलाल कँडेल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, केन्द्रीय सदस्यद्वय गुलावजङ्ग शाह र चन्द्रबहादुर शाही उपस्थित थिए ।

सबैका कुरा सुनेका ओलीले अन्तिममा आफ्ना कुरा राखेको सचिव शर्माले जानकारी दिए । “अध्यक्ष प्रचण्डले बिहीबार र शुक्रबार दुवै पक्षलाई बोलाएर कुरा गरिसक्नुभएको छ । आज तपाईंमात्रै छलफल गर्नुस् भनेर प्रधानमन्त्रीलाई भन्नुभएको थियो । प्रधानमन्त्रीले छलफल गरेपछि दुईजना अध्यक्ष बस्नुहुन्छ,” प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्