Logo

देशलाई सेवा गर्ने अबसर ! प्रहरी जवानका लागि ५ हजार बढी पदमा भर्ना खुल्यो


काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ ।

प्रहरीले खुला, अमरअशक्त प्रहरी परिवार र समावेशी अन्तर्गत ५ हजार २ सय २७ जना प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको हो ।

प्रहरी जवान पदका लागि न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ ।

प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

देशभरका ७४ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसर (काठमाडौं, ललितपुर र भक्तपुर)मा दरखास्त बुझाउन सकिने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागको भर्ना छनौट महाशाखाले जानकारी दिएको छ ।

प्रहरी जवानका लागि ५ हजार बढी पदमा भर्ना खुल्यो, ८ कक्षा पासले पनि आवेदन दिन पाउने

https://www.nepalpolice.gov.np/images/vacancy_result/Bigyapan-PC-2077-06-30-Net.pdf

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्