Logo

राजनीतिक दलले सयौंको भी’ड जुटाउँदा किन स्थानीय प्रशासन र गृह मन्त्रालय मौन ?


देश नै को’रोना म’हामा’रीसँग जु’धिरहेका बेला धनुषामा भने त्यसको बे’वा’स्ता गर्दै सयौंको भी’ड जम्मा गरेर समाजवादी पार्टीले कार्यक्रम गरेको छ। कार्यक्रममा भौतिक दूरीको त कुरै छाडौं, कतिपय सहभागीले मास्क समेत लगाएका थिएनन्। जसपाले गरेको पार्टी प्रवेश कार्यक्रममा शुक्रबार धनुषाको सबैलामा एकै ठाउँ सयौंको भी’ड लागेको हो।

त्यहाँ वरिष्ठ नेता राजेन्द्र महतो, प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नबल किशोर साह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नरेश राय, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, संघीय सांसद अनिल कुमार झा, उमाशंकर अरगरिया, प्रदेश सांसद मनिष सुमन, सरिता साह, रामअशिष यादव, परमेश्वर साह लगायत उपस्थित थिए।म”हामा’रीलाई मध्यनजर गर्दै गृह मन्त्रालयले आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नवरात्रका बेला शक्तिपिठ तथा मन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रो’क लगाउन निर्देशन दिएको थियो।

तर एउटा राजनीतिक दलले सयौंको यो भी’ड जुटाउँदा न स्थानीय प्रशासनले नै देख्यो न गृह मन्त्रालयले नै।यसबारे धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई सोध्दा उनले आफूलाई पार्टी प्रवेश कार्यक्रमबारे नै जानकारी नरहेको प्रतिक्रिया दिए।

‘पार्टी प्रवेश भइरहेको छ भने जानकारी गराउनुस् अहिले नै ब’न्द गराउँछु’ उनले भने।केही दिनअघि पनि पूर्व मन्त्री मातृका यादवको अगुवाईमा भएको पार्टी प्रवेश कार्यक्रममा यस्तै भी’ड लागेको थियो। यसरी राजनीतिक कार्यक्रम गरिँदा हुने को’रोनाको जो’खिमबारे कसैले चासो लिएको देखिँदैन।को’रोना म’हामा’रीका बेला जनतालाई सचेतना जगाउनुपर्नेमा राजनीतिक दलले उल्टै यसरी जो’खिम बढाउनु र प्रशासनले समेत आँखा चिम्लनुले म’हामा’रीलाई खे’लवा’ड गरेको स्पष्ट बुझ्न सकिन्छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्