Logo

मणिराज बस्नेतको “पोल्छ मुटु” गीतको भिडियो सार्वजानिक


मुन्धुमस्टार डट कम – बिगत पन्ध्र बर्ष देखी अमेरिकाको कोलोराडो राज्यमा बसेर लेखनमा सकृय गीतकार मणिराज बस्नेतको नयाँ गीत “पोल्छ मुटु “सार्वजानिक भएकोछ ।

बिशेष गरेर परदेशिलाई चाढ पर्व आउँदा आफ्नो देश परिवार साथी संगिको सम्झाना र परदेशमा झेलिने भोगाईहरु यस गीतमा समेटिएकोछ ।यो मर्मस्पर्सी गीतको शब्द मनिराज बस्नेतले लेखेका हुन भने संगीत बिबि अनुरागी र स्वर रामकुमार नेपालीको रहेको हो ।

गीतको म्युजिक भिडियो निर्देशक डि आर सुजनले गरेका छन् भने दिलिप रायमाझी, अन्जली अधिकारी र सरिता राजोपाध्यायले अभिनय गरेका छन् । यस गीतको म्युजिक भिडीयो मनिराज बस्नेतको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडीयो लिंक यहाँ…

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्