Logo

‘जनगणना–२०७८’ मा खसहरुको सुल्टो बाटोमा, राईहरुको उ’ल्टो बाटो हिड्दै


–निनाम कुलुङ ‘मंगले’ । हालै एक अनलाइन न्युज पोर्टलमा आएको समाचारअनुसार आगामी १२ औं राष्ट्रिय जनगणना (विसं–२०७८) मा खस जातिले जातिको महलमा ‘खस’ र धर्मको महलमा ‘मस्टो’ लेखाउने भन्ने समाचार आएको छ । जुन धेरै राम्रो हो । किनभने, यसले ढीलै भए पनि ‘खस’जातिमा जातीय रुपमा चेतना आएको मान्न सकिन्छ भने, जातिको महलमा ‘खस’ र धर्मको महलमा ‘मस्टो’ लेखाउने उनीहरुको कदम वा भनौं निर्णयलाई सही कदम अर्थात् ‘सुल्टो बाटो !’ हिँडेको मान्न सकिन्छ । हाम्रा ‘राई !’ भन्ने कामरेडहरु भने खसहरुभन्दा ठीक ‘उ’ल्टो बाटो हिँड्ने !’ प्रयास गरी रहेका छन् । यस्तो काममा उनीलाई अलिकति पनि लाज लागी रहेको छैन । बरु उनीहरु लाजै नमानी गर्वका साथ ‘उ’ल्टो बाटो हिँड्दै !’ अगाडि बढी रहेका छन् ।

अर्थात् ‘राई !’ कामरेडहरुले नेपालको भगौलिक एकीकरणपछि शासकहरुले सिंंगो किरात भूमिलाई फुटाएर वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) बनाए खम्बुका सन्तानहरुलाई दिईएको ‘राई !’ पदलाई नै जाति मान्नुपर्ने भनी डंका पिट्दै हिँडी रहेका छन्, आफ्नो बुताले भ्याएसम्म प्रचारप्रसार गरी रहेका छन् । जबकि इतिहास हेर्दा नेपालको भगौलिक एकीकरण अघिसम्म किरातीहरु एकै रहेका थिए । नेपालको भगौलिक एकीकरणपछि वल्लो किरातका सुनुवारलाई ‘मुखिया’, माझ किरातका कुलुङ, बान्तावा लगायत खम्बुका सन्तानलाई ‘राई !’, पल्लो किरात (अरुण पूर्व) का याक्खालाई ‘देवान’ अनि लिम्बु र लाप्चालाई ‘सुब्बा’ पदवी/पगरी दिईयो । स्मरणीय के छ भने, हाल आएर सुनुवारहरुले आफ्ना पिता–पूर्खा पाएको ‘मुखिया’ पदलाई जाति लेख्न/मान्न छाडेका छन् । त्यस्तै याक्खसमदायमा भ्रम छर्ने काम गरी रहेकै छन् ।  आप्आफ्नो पिता–पूर्खा पाएको ‘देवान’ पदलाई जाति लेख्न/मान्न छाडेका छन् । अनि लिम्बु र लाप्चाले पनि आफ्नो पिता–पूर्खा पाएको ‘सुब्बा’ पदलाई जाति लेख्न/मान्न छाडेका छन् । तर, खम्बुका सन्तानहरुले भने अझै पनि आफ्ना पिता–पूर्खा पाएको ‘राई !’ पदलाई जाति लेख्नु/मान्नु पर्ने वाध्यता वा जबरजस्ती गर्ने, किन नि ? बु झी नसक्न छ बा ! ….

लोखौं/लेखाऊँ भनी अभियान चलाई रहेका छन् । आफहरुले त ‘राई !’भन्नेहरु भन्न पगरी/पदवी मात्रै हो भन्नेमा सर्वसाधारण मान्छेहरुमाझ पनि प्रष्ट हँुदै गएको छ ।  , तर, अझै पनि मेरो ‘जेन्युईन !’ प्रश्न के छ भने, यदि एक जाति ‘राई !’ को भाषाचाहिँ २८ वटा हुन्छ ! भने त्यसरी ‘म एक जाति राईँ हँु, तर मेरो भाषाचाहिँ २८ वटा छ !’ भनेर २८ वटा भाषामा खर … खरर … बोल्न सक्ने कुनै ‘माईकालाल राई !’ भए ऊसँग मलाई पनि भेट गराई दिनु पर्यो ! नेपालमा विसं १९६८ मा पहिलोपटक आधिकारिक रुपमा राष्ट्रिय जनगणना भएको थियो ।

जनगणनाको कुरो गर्दा नेपालमा विसं १९६८ मा पहिलोपटक आधिकारिक रुपमा राष्ट्रिय जनगणना भएको थियो । तापनि त्यो वेलाको श्री ३ महाराज अर्थात् राणा सरकारले तत्कालीन नेपालको जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंग, क्षेत्र वर्ग आदिको सामाजिक, आर्थिक, स्वरोजगार, व्यापार, शैक्षिक, स्वास्थ्य, भाषिक, धार्मिक, चेतना विकास आदिको अवस्था कस्तो छ ? त्यो हेरेर उनीहरुका लागि विकास बजेट छुट्याउने र नीति निर्माण गर्ने ढंगले भन्दा पनि आप्mनो ढुकुटी (खास राज्यकोष) मा कसरी र कति धन–सम्पत्ति जम्मा गर्न सकिन्छ ? भन्ने हिसावले र तत्कालीन भोटसँग युद्घ गर्न परेमा कति जवान ठिटोहरुलाई सिपाहीहरुलाई सेनामा भर्ती गर्न सकिन्छ ? भनेर मात्रै जनगणना गरेको जस्तो देखिन्छ । त्यस्तै धन–सम्पत्ति जम्मा गर्ने सन्दर्भमा भन्नु पर्दा त्यो वेलाको राज्यको मुख्य आयस्रोत भनेको भूमि कर, हाटबजार कर, निकासी–पैठारी कर, ठेकी–बेठी, ठिँगुरो–मुङ्ग्रो आदि कर नै थियो । तसर्थ सोही हिसावले जति सक्दो धेरै भूमि कर, हाटबजार कर, निकासी–पैठारी कर, ठेकी–बेठी, ठिँगुरो–मुङ्ग्रो आदि कर उठाउने हिसावले स्थानीयस्तरमा धेरैभन्दा धेरै ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘गोवा’ ‘चौधराई’, ‘मिझार’, ‘गौरुङ, ‘थरी’, ‘कारबारी’, ‘माथा’, ‘करता’, ‘बहिदार’ आदि नियुक्त गरे । फलतः ‘६० मुरी माटो’को पनि ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘गोवा’ ‘चौधराई’, ‘मिझार’, ‘गौरुङ, ‘थरी’, ‘कारबारी’, ‘माथा’, ‘करता’, ‘बहिदार’ आदि नियुक्त भए । ‘६० मुरी माटो’ भन्नाले ‘६० मुरी अन्न फल्ने भूमि/जमीन’को ठेक्का लिन सक्नेहरु पनि ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘गोवा’ ‘चौधराई’, ‘मिझार’, ‘गौरुङ, ‘थरी’ आदि भए ।

गणकले आफुले भनेअनुसार लेख्यो कि लेखेन ? भनी आफैले फाराममा हेर्नु पर्छ । त्यस्तै धर्मको महलमा किरात/रीदूम वा प्रकृति पूजक लेख्न लगाउनु पर्छ । त्यस्तै भाषाको महलमा यसपटक पूर्खाको भाषा र मातृभाषा भन्ने महल आउँछ । सो महलमा पूर्खाको भाषा पनि ‘कुलुङ’ र मातृभाषा पनि ‘कुलुङ’ नै लेख्न लगाउनु पर्छ । गणकले आफुले भनेअनुसार लेख्यो कि लेखेन ? भनी यो महलमा अझ महत्व दिएर हामी ‘कुलुङ’हरुले हेर्नुपर्ने हुन्छ ।

त्यसैले ऊ वेला गरेको राष्ट्रिय जनगणनामा जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंग, क्षेत्र वर्ग आदिको महल नै राखिएको थिएन । वास्तवमा देशको समग्र अवस्था कस्तो छ ? जस्तै सामाजिक, आर्थिक, स्वरोजगार, व्यापार, शैक्षिक, स्वास्थ्य, भाषिक, धार्मिक, चेतना विकास आदिको अवस्था कस्तो छ ? हेर्न र, त्यो हेरेर नीति निर्माण गर्ने हिसावले जनगणना गर्ने चलन थिएन । तर, पछिल्लोपटक नेपालमा मात्रै नभएर विश्वका प्रायः सबै देशमा आफ्नो देशमा रहेका जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंग, क्षेत्र वर्ग आदिको सामाजिक, आर्थिक, स्वरोजगार, व्यापार, शैक्षिक, स्वास्थ्य, भाषिक, धार्मिक, चेतना विकास आदिको अवस्था कस्तो छ ? त्यो हेरेर नै सम्बन्धित जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंग, क्षेत्र वर्ग आदिको सामाजिक, आर्थिक, स्वरोजगार, व्यापार, शैक्षिक, स्वास्थ्य, भाषिक, धार्मिक समूह आदिका लागि विकास बजेट छुट्याउने, नीति निर्माण गर्ने हेतुले नै जनगणना गर्ने गरिन्छ ।

त्यसरी हेर्दा केन्द्रीय तथ्यांक विभाग (केतवि) ले विसं २०६८ मा गरेको ११ औं राष्ट्रिय जनगणनाअनुसार नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी रहेका छन् । यसरी हेर्दा सो जनगणनामा आएको विविध जातजाति, भाषाभाषी, धार्मिक समूह/सम्प्रदाय आदि भनेको बुझनेहरुका लागि वास्तवमै विविधा भएको ‘साझा फुलबारी’ हो । भलै राज्यले अहिलेसम्म पनि त्यहीअनुसार व्यवहारिक ढंगले नीति निर्माण नगर्नु, उनीहरुका लागि बजेट नछुट्याउनु वा छुट्याएको बजेट पनि पहुँच नभएकाहरुले नपाउनु अनेक दुःखका कथाहरु छन् । जे होस्, विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा उल्लेख भएका १ सय २५ जातजाति र १ सय २३ भाषाभाषीमध्ये एक हो –‘कुलुङ जाति ।’ तर, नेपाल सरकारको मातहतमा रहेको र, विकासे ऐन अन्तर्गत गठित ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) मा भने सरकारले कुलुङ जातिलाई छुट्टै जातिका रुपमा सूचीकृत गरेको छैन । फलतः अझै पनि कुलुङहरुले ‘म … कुलुङ’ भनेर परिचय दिँदा ए … ‘कुलुङ भनेको त ‘राई !’ होइन र ? भनी जवाफ दिनेहरु धेरैै भेटिन्छन् । हामीले पनि –‘कुलुङ नभएर राई ! भए त कुलुङको सट्टा राई ! नै भनी हाल्थ्यौं नि !’ भनी जवाफ दिने गरेका छौं । यस्तो भ्रम पर्नेहरुमा अरु त अरु नै भए, भाषाशास्त्री/भाषाविद्, समाजशसास्त्री, मानवशास्त्री, संस्कृतिविद/मुन्धुमविद् (कुलुङ जातिले मुन्धुमलाई ‘रीदूम’ भन्छन्), मानवअधिकारवादी भन्नेहरु, आदिवासी जनजाति मूलका नेता हौं भन्नेहरु नै धेरै छन् । तर, अझै पनि मेरो ‘जेन्युईन !’ प्रश्न के छ भने, यदि एक जाति ‘राई !’ को भाषाचाहिँ २८ वटा हुन्छ ! भने त्यसरी ‘म एक जाति राईँ हँु, तर मेरो भाषाचाहिँ २८ वटा छ !’ भनेर २८ वटा भाषामा खर … खरर … बोल्न सक्ने कुनै ‘माईकालाल राई !’ भए ऊसँग मलाई पनि भेट गराई दिनु पर्यो !

खासमा कुलुङ भनेको एक स्वतन्त्र जाति हो । किनभने, कुलुङभित्र नै विभिन्न थर/उपथरहरु रहेको छ । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होबेर्मी, थोरेप्पा, मोरोखु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ, लाम्लछा, ताम्बुछा, तोर्ङो, पिदिसै, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, येइसा, रिबीत्ती, रुखुपो, कुबीत्ती, ङोपोचो, बिजीदेउ, तोङेर्बु, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, थोप, वारोखु, गोक्तुलु, रिन्हो, छेन्हो, वालाखाम, वादीरी, बार्सी, गदुहो, देमाखु, हिमार, छाम्निहो, निछिती, पायात्ती, मोरोमुल, फोनीबु, मुम्हो, लगायत ३८० वटाभन्दा बढी थर/उपथरहरु छन् । त्यसैले कुलुङ–कुलुङबीचमै विवाहवारी चल्ने गर्छ । नत्र भने, हामी कुलुङहरु पशुसमान हौं ? त्यस्तो त होइनौं । न त हामी कुलुङहरु रगतको नाता नबार्ने, दूधको नाता मात्रै बार्ने जाति नै हौं ! तर, अझै पनि ‘राई’ के हो ? कुलुङ के हो/को हो ? भन्ने बारेमा जनस्तरमा व्यापक रुपमा वास्तविक कुरा बाहिर नआएकोले गर्दा पनि यस्तो समस्या भएको हो । हाल धेरै हदसम्म राई जाति नभएर विगतमा, खासगरी नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पगरी/पदवी मात्रै हो भन्नेमा सर्वसाधारण मान्छेहरुमाझ पनि प्रष्ट हँुदै गएको छ ।

कुलुङ जातिको मूल अर्थात् उत्पत्ति–थलो सोलुखुम्बु जिल्लाको उत्तर–पूर्र्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि (हाल महाकुलुङ र सोताङ गाउँपालिका) हुन् भने यी ठाउँलाई कुलुङहरु “मा कूलू” भन्छन् भने, कतिपय विदेशी लेखक तथा अन्वेषकहरु र नेपालका अन्य जातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्दछन् । हाल कुलुङ जातिको बसोवास सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, ईलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिराहा, कास्की, खोटाङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषा लगायत लगभग २६÷२७ जिल्लामा रहेको छ भने, भारतको दार्जीलिङ, सिक्किम, भुटान, बर्मा, मलेसिया, हङकङ, बेलायत, अष्टे्रलिया, क्यानडा आदि देशहरुमा पनि धेरथोर फैलिएका छन् ।

अब हामी कुलुङ जातिले आगामी जनगणना (विसं २०७८) मा जनगणना गर्न आउने गणकलाई जाति के हो ? भन्ने महलमा ‘कुलुङ’ र थर के हो ? भन्ने महलमा ‘थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होबेर्मी, थोरेप्पा, मोरोखु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ, लाम्लछा, ताम्बुछा, तोर्ङो, पिदिसै, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, येइसा, रिबीत्ती, रुखुपो, कुबीत्ती, ङोपोचो, बिजीदेउ, तोङेर्बु, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, थोप, वारोखु, गोक्तुलु, रिन्हो, छेन्हो, वालाखाम, वादीरी, बार्सी, गदुहो, देमाखु, हिमार, छाम्निहो, निछिती, पायात्ती, मोरोमुल, फोनीबु, मुम्हो, लगायत ३८० वटाभन्दा बढी थर/उपथरहरु छन् । त्यसैले कुलुङ–लोवात्ती, देउराम, थिम्रा, रुखुपो, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, कुबीत्ती, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस’ आदि लेख्न लगाउनु पर्छ । साथै गणकले आफुले भनेअनुसार लेख्यो कि लेखेन ? भनी आफैले फाराममा हेर्नु पर्छ । त्यस्तै धर्मको महलमा किरात/रीदूम वा प्रकृति पूजक लेख्न लगाउनु पर्छ । त्यस्तै भाषाको महलमा यसपटक पूर्खाको भाषा र मातृभाषा भन्ने महल आउँछ । सो महलमा पूर्खाको भाषा पनि ‘कुलुङ’ र मातृभाषा पनि ‘कुलुङ’ नै लेख्न लगाउनु पर्छ । गणकले आफुले भनेअनुसार लेख्यो कि लेखेन ? भनी यो महलमा अझ महत्व दिएर हामी ‘कुलुङ’हरुले हेर्नुपर्ने हुन्छ । किनभने, ‘कुलुङ भाषा’ नै छुट्यो भने हाम्रो (‘कुलुङ’को) भाषा नै नआउने वा कम आउने संभावना हुन्छ ।

थप केही जान्न चाहेमाः ९८४९९८५९९७, ९८६२४३६०४९, ninamkirat123@gmail.com

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्