Logo

बिबादित भारतीय सेनाध्यक्ष नरावणे किन नेपाल आउँदैछन ?


आश्विन २९ – २०७७२

मुन्धुमस्टार डट कम – भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे कात्तिकको तेस्रो साता तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् ।

नेपाल र भारतका सेनाप्रमुख एकअर्काको देशमा मानार्थ सेनाप्रमुख हुने परम्पराअन्तर्गत नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहणका लागि उनी नेपाल आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन् ।

उनको भ्रमणका विषयमा गत वर्ष माघ २० मै मन्त्रिपरिषद्ले निर्णय गरे पनि नेपाल–भारत सम्बन्धमा आएको चिसोपन तथा कोरोना महामारीका कारण दुवै देशमा गरिएको बन्दाबन्दीका कारण उनी आउन सकेका थिएनन् । भारतले नेपालको भूभाग लिपुलेकमा सडक निर्माण गरेको विषयमा नेपालले विरोध जनाउँदा सेनाप्रमुख नरावणेले नेपाल अरूकै स्वार्थमा विरोधमा उत्रिएको बताएका थिए ।

उनले गत जेठ २ मा भारतीय थिंक ट्यांक दी मनोहर पर्रिकार इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस (एमपिआइडिएसए) को कार्यक्रममा बोल्दै घुमाउरो ढंगले चीनको स्वार्थमा नेपालले यो विषय उठाएको बताएपछि उनी विवादमा तानिएका थिए ।

मानार्थ महारथीको सम्मान ग्रहण गर्ने व्यक्तिले नेपालकै बारेमा विवादित अभिव्यक्ति दिएपछि कतिपयले नेपाल–भारतबीचको मानार्थ महारथीको सम्मान दिने परम्परालाई समेत तोड्नुपर्ने बताएका थिए । दुई देशबीच सीमा विवादलाई लिएर सम्बन्ध चिसिँदै गइरहेका बेला भारतबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्