Logo

बेलायतको किरात राई यायोक्खा वि’वाद राष्ट्र राई स्पष्ट बिचार


लण्डन । किरात राई यायोक्खा बेलायतको वि’वाद सतहमा आएको छ । वि’वादले तनावको अवस्था ल्याउँदै गर्दा सस्थाका सुभ चिन्तक एबम सक्रिय सदस्य तथा एनआरएनए यूकेका पूर्व उपाध्यक्ष राष्ट्र राई मैदानमा उ’त्रिएका छन् । उनले किरात राई यायोक्खा बेलायतको केन्द्रीय समिति तथा क्षेत्रिय कार्यसमितिहरुमा भइरहेको गैर जि’म्मेवारी पूर्ण क्रियाकलापहरु आफ्नो आ’पत्ति रहेको जनाएका छन् ।

किराया युकेको वि’वाद सकेसम्म चाँडो समाधान होस् भनी संसारभरि रहेका किरात राईहरू प्रतीक्षामा रहेको उनको भनाइ छ । ‘वि’वादको सुरूवात ठूलो विषय थिएन । छलफलको माध्यद्वारा समधान गर्न सकिने प्रशस्तै सम्भावनाहरु थिए तर वि’वादलाई मिलाउनको सट्टमा किन समाज बिभाजन गर्ने तिर लगियो रु केन्द्रिय कार्यसमिति नेपाल लगायत विभिन्न तह र तप्काबाट वार्ताको पहल र प्रयासहरू पनि गरिएको थियो तर किन सफल हुन सकेन ? संस्थाको हितको लागि एकआपसमा भएका कमीकमजोरीहरूलाई स्विकार गर्दै अघि बढ्नु पर्ने थियो तर संस्थाको हित विपरित ग्रान्ड डिजाइन रचिएको अदृष्य कारणहरुले नै संस्थालाई झनै वि’वादित बनाउँदै लगियो भन्ने मेरो बुझाई रहेको छ,’ एक अपिल सार्वजनिक गर्दै राष्ट्र भन्छन्, ‘यो केवल शं’काको विषय मात्र हैन ।

गलत विषय र कारणहरुलाई गलत भन्न सक्नु प्रत्येक ब्याक्तिको जिम्मेवारी हो । तर सहज वातावरण बनाउनको सट्टा किन दिन–दिनै हाम्रो गौरवशाली संस्था र समूदायको जताततै बेइज्जत हुने कामहरू बिभिन्न सोसियल मिडियाहरूबाट गरिदै आइरहेको छ रु १४ वटा प्राकसहरूले किन सबै मिलेर विधानत समस्याको सामाधान गर्न निश्पक्ष पहल कदमी गरिएको छैन रु नातवाद वा स्वार्थले रोकेको हो कि ? संस्थाको जिम्मेवारी र कर्तव्य बारे अल्पज्ञान भएर यसो हुन गएको हो कि ?’

राईले किराया नेपाललाई केन्द्र मान्दैनौ, संस्थाको लोगो र झन्डा चाहिदैन भन्ने जस्ता गैर जिम्मेवार पूर्ण अ’भिब्याक्तिहरु नदिन अपिल गर्नुभएको छ । ‘स्थापनाकाल देखिनै वेलायत लगायत संसार भरका किरायाहरूले मानिआएको नेपाल केन्द्रलाई अहिले आएर आफुले भने जस्तो नहुँदा केन्द्र मान्दिन भन्नु कतिको नैतिकवान कुरो हो ? ढिडो र गुन्द्रुक दिनेलाई अभिभावक मान्दिन भन्नु तर आफैले भनेझै मासु भात दिँदा मात्र मान्छु भन्ने सोच गलत हो,’ उनले प्रश्न सोधेका छन्, ‘कुनै प्रादेशिक सरकार भित्र आन्तारिक विवाद हुँदा प्रदेश प्रमुख मन परेन भन्दैमा देशको प्रधानमन्त्री लगायत केन्द्रीय सरकार मान्दिन भनेर प्रदेशका असुन्तुष्ट पक्षले भन्नु कतिको जायज हो ?’

अध्यक्षले आर्थिक हिनामिना गरेको, संस्था वि’रुद्धमा अभिव्यक्तिहरु दिएको, फौ’जदारी जस्ता कामहरु गरेको ठहरिएको अवस्थामा अध्यक्ष अनिवार्य सजाएको हकदार हुनै पर्थ्यो तर अध्यक्षको बिना गल्ती संस्थाको बिधि बिधान र प्रकृयालाई मिचेर केहि गुट र समुह बनाई हेपाहा र पेलाहा ढंगमा मनपरीतन्त्र भइरहेकोमा उनले असन्तुष्टि जनाए ।

बिगतमा पनि सामान्य विषय नभई गम्भिर विषयहारुमा बिवादहरू भएको थियो । तर संस्थालाई बचाउनको लागि टेवलमा बसेर सामाधान गरिएको थियो । तर वर्तमान अवस्थामा सामान्य विषयलाई किन जब्बरजस्ती कपोकल्पीत बाहाना बनाई भ्रमहरु सृजना गर्दै समधान गर्नको सट्टामा आगो लगाउने कामहरू भईरहेको छ ? यस्तो गरिएको देख्दा एउटी महिला नेतृत्वलाई हेपेर, लिंगीय विभेद गरेको बुझ्न सकिन्छ ।

किरात राईहरुको मुन्दुम र संस्कारमा महिलालाई सम्मानित गरी उच्च स्थानमा राखिन्छ । किराया वेलायतको पहिलो महिला अध्यक्षलाई गौरवको साथ सहयोग र हौसला दिनु पर्नेमा किन विभिन्न बहानामा विधानलाई लत्याउदै झुटो आरोपहरु लगाएर पद खोस्न खोजिदैछ ? यो एउटा महिला तथा नारी माथिको हेपाई हो, अपमान हो, वि’भेद हो र अन्याय हो । यो कुरा संसारभरिको राईहरुले बुझ्नु आवश्यक छ । सम्पूर्ण महिला तथा नारीहरुले यो कुरा बुझ्न आवश्यक छ । यदि नाताबाद कृपाबादलाई अंगालेर गलत विषयलाई समर्थन गर्ने हो भने आफ्नै घरपरिवारको अध्यक्ष भएर बस्नु नै उत्तम हुने छ ।

अन्तमा, संस्था र समुदायमा यस्तो प्रकारको गैरबैधानिक अनै’तिक, अ’राजक र ‘हेपाहा प्रबृति जस्ता कृयाकलापहरु भईरहन्छ भने सहि, सत्य, न्याय र सुद्दिकरणको लागि हामी उत्रिन अब बाध्य हुने छौ । जो महानुभावहरु संस्था भन्दा बाहिर रहने खालको गतिबिधि गरिहरनु भएको छ सबैजना संस्थाको झण्डामुनि आएर एक आपसमा भएको कमिकम्जोरीहरूलाई स्विकार गर्दै संस्थाको ईतिहास र गरिमालाई बचाउन आग्रह पनि गर्दछु । उनले सुझाव दिएका छन्  ।(यो न्युज समयसाम बिषय भएकोले लण्डननेपालबाट लिएको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्