Logo

प्रेस सेन्टरका बागमती प्रदेश अध्यक्ष बाङदेलले ‘दलाल पुजिबादी राज्यसत्ताका नायिकेहरु हो’सियार’ भन्दै दिए यस्तो चे’तावनी…


काठमाडौं । श्रमजीवी पत्रकार ऐनको खिलाफमा लामो समयदेखि काम गर्दै आएका श्रमजीवी पत्रकार तथा कर्मचारीहरुलाई मिडिया मालिकहरुले कामबाट निकाल्ने, तलव कटौति गर्ने, तलव नदिने र दुख दिने गरेको वि’रोधमा सूचना प्रसारण विभागमा लाल्टिन बालेर एक घण्टा ध’र्ना दिएका छन्। कोरोना संक्रमणको बहानामा निकालिएपछि संयुक्त सं’घर्ष समिति बनाएर आन्दोलनरत पत्रकाररकर्मचारीले उपलब्ध कानून पनि सरकारले प्रयोग नगरेको बताउँदै विभागअगाडि लाल्टिन बालेर प्र’दर्शन गरेका हुन्।

सञ्चारगृहबाट पीडित उनीहरूले नेपालमा नियम का’नून कार्यान्वयन गर्नुपर्ने सरकार हराएको संकेत गर्दै “सरकार खै कता छ” भन्दै सरकारको उपस्थिति नदेखिएको भन्दै आ’क्रोश व्यक्त गरेका थिए। विभिन्न मिडियामा कार्यरत पीडित पत्रककार र कर्मचारीहरुको संयुक्त संघर्ष समिति र नेपाल पत्रकार महासंघ श्रमजीवी पत्रकार हक, हित प्रर्वद्धन समितिको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका बागमती प्रदेश अध्यक्ष सुमन बाङदेलले ‘दलाल पुजिबादी राज्यसत्ताका नायिकेहरु होसियार ’ भन्दै कडा शब्दमा चे’तावनी दिए । उनले दलाल सत्ताँको आँडमा पछिल्लो समय दलाल, माफिया, तस्कर र श्रमिकमारा बेइमानहरु सल्बलाएको भन्दै तिनिहरुको हिसाब–किताब आ’न्दोलनबाटै गरिने बताए ।

प्रेस सेन्टर नेपालका बागमती प्रदेश अध्यक्ष सुमन बाङदेलले मिडिया मालिकहरुले कोरोनाको कृतिम स’मस्याको कारण देखाउँदै श्रमिकहरुमाथि गरेको अ’न्यायका वि’रुद्ध शसक्त भएर आ’न्दोलन गर्ने र यदी उचित न्याय मिलेन भने कलमको माध्यमबाट मि’साईल प्रहार गरिने कुरा ब्यक्त गरे ।

श्रमजीवी पत्रकार ऐन २०५१ पूर्ण कार्यान्वयन हुनुपर्ने र कोरोनाको बहानामा निकालिएका श्रमजीवीहरूको पुनर्बहालीलगायतका माग राख्दै उनीहरूले आन्दोलन जारी राखेका छन्। नेपाल पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिको नेतृत्व र संघर्ष समितिको संयुक्त आयोजनामा भएको धर्नालाई सम्बोधन गर्दै महासंघका महासचिव रमेश विष्टले सञ्चारकर्मीका माग र आवाजलाई निकै बे’वास्ता गरिएको बताए। उनले यो अत्यन्तै खेदजनक रहेको भन्दै निन्दा व्यक्त गरे। महासचिव विष्टले नयाँ ढंगको थप दबाव आवश्यक रहेको बताए।

क्रान्तिकारी ट्रेड यूनियन महासंघ नेपालका सचिव लोकेन्द्र थापाले बिश्वको देशमा अन्या’यको लागी लडदा राज्य सत्ताको घु’मेको छ, सताको कुर्सिमा सधै एकै पटक नरहने हुँदा अहिले स्रमजिबी र कलामाजिबिको माग पुरा नगरे आन्दो’लन झनै सशक्त हुने बताए ।

उनले श्रमशोषण गर्ने सञ्चारगृह र यसका अधिकारीलाई संयुक्त राष्ट्रसंघ, अन्तरराष्ट्रिय श्रमसंगठन, अन्तरराष्ट्रिय कूटनीतिक नियोग लगायतमा पत्राचार गरेर का’लोसूचीमा राख्ने काम अघि बढिसकेको जानकारी पनि दिए। नेपाल पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिका सहसंयोजक जन्मदेव जैसीले सरकार कहाँ छ भन्दै खोज्नुपर्ने स्थिति पत्रकाररश्रमिकहरूलाई हुन्छ भने भोको पेट बोकेकाहरूले मात्र कानून मान्नुपर्ने कहाँ लेखेको छरु भन्दै सरकारलाई प्रश्न गरे। त्यस्तैगरी संयुक्त सं’घर्ष समितिका संयोजक धर्मेन्द्र कर्णले आफूहरूको संघर्ष कुनै एक मिडिया सञ्चालकवि’रुद्ध नभई समग्र सञ्चार क्षेत्रका श्रमजीवीको हकहितका लागि भएको स्पष्ट पारे।

सञ्चारगृहका पत्रकाररकर्मचारीको समस्या गम्भीर रहेको भन्दै यसलाई सरकारले गम्भीरताका साथ लिएर समाधान गर्नुपर्नेमा कर्णले जोड दिए। कार्यक्रममा आठवटा संयुक्त ट्रेड यूनियन संयुक्त संघर्ष समितिका तर्फबाट प्रगतिशील स्वतन्त्र ट्रेड यूनियन महासंघका अध्यक्ष केदार गिरी, क्रान्तिकारी ट्रेड यूनियन महासंघ नेपालका सचिव लोकेन्द्र थापा, नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्लाका अध्यक्ष शान्तराम बिडारी, क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य करणसिंह बडाल, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य सरोज न्यौपानेलगायतले पीडित पत्रकारहरूको पेशागत सुरक्षाका लागि आफूहरूले निरन्तर साथ दिने र आवश्यक परेमा जस्तोसुकै संघर्षका लागि पनि लड्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।

तियप सञ्चारगृहले श्रमजीवीलाई नियुक्तिपत्र समेत नदिएको पाइएको छ। ठूला सञ्चारगृहले श्रमजीवीबाट उठाएको कर समेत सरकारलाई नबुझाई कर छली समेत गरेको खुलासा भएको छ। श्रमजीवीले आफूले बुझाएको करचुक्ता प्रमाणपत्र पनि उपलब्ध गराउन सञ्चारगृहका व्यवस्थापनलाई आग्रह गर्दै आएका छन्। अधिकांश सञ्चारगृहले त्यस्तो करोडौँ रुपैयाँ सरकारलाई नबुझाएको स्पष्ट भएको छ। असोज १५ गतेदेखि पीडित श्रमजीवीले नयाँ बानेश्वरमा पाँचदिने रिले अनशन गरेका थिए। त्यसलगत्तै अन्नपूर्ण पोष्ट दैनिक, कान्तिपुर टिभी, थापाथलीस्थित कान्तिपुर मीडिया ग्रुप, कारोबार दैनिक, नागरिक दैनिक र नेपाल आज अनलाइनको कार्यालय घे’राउ गरेका थिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्