Logo

भारतीय नागरिक लिबियाबाट सकुशल रिहा


ट्युनिस असोज- लिबियामा अ’पह’र’णमा परेका सात जना भारतीय नागरिक अ’पहर’ण मुक्त भएको बताइएको छ । ट्युनिसियाका लागि भारतीय राजदूतले सो कुराको जानकारी दिनुभएको हो । उहाँले सो अ’पहर’णमा परेका सात जना भारतीय नागरिकलाई आइतबार अ’पहर’णकारीले मुक्त गरेका जानकारी दिनुभयो । उनीहरु लिबियाको आसेरिफ भन्ने ठाउँबाट गत सेप्टेम्बरको १४ तारिखमा अ’पहर’णमा परेका थिए ।

उनीहरु भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका नागरिक रहेका पनि उहाँले बताउनुभयो । भारतले गत बिहीबार मात्र आफ्ना नागरिकहरु अ’पहर’णमा परेका जनाएको थियो । त्यसपछि ट्युनिसियामा रहेको भारतीय दूताबासले उनीहरुको अवस्थाको बारेमा खोजी शुरु गरेको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफ्ना नागरिकहरु लिबियामा अ’पहर’णमा परेका र उनीहरुको खोजी कार्य जारी रहेको जानकारी गएको बिहीबार मात्र दिनुभएको थियो ।

लिबियामा भारतको राजदूताबास नरहेकोले ट्युनिसियामा रहेको दूताबासबाट उनीहरुको बारेमा खो’जी थालिएको थियो । भारत सरकारले लिबिया सरकार र अरु पनि अधिकारवा’दी संघसंस्थाहरुलाई आफ्ना नागरिकको खो’जी गरिदिन आग्रह गरेको थियो । पछि अ’पहर’णकारीहरुले नै भारतीय नागरिक आफ्नो सम्पर्कमा रहेका र उनीहरु सकुशल रहेका भनी तस्बिर सार्वजनिक गरेका थिए ।

त्यसलगत्तै उनीहरुले ती भारतीयलाई अ’पहर’णमुक्त गरिदिएका बताइएको छ । अ’पहर’णको कारण र उनीहरुलाई के कसरी रि’हा गरियो भन्ने बारेमा भने केही पनि बताइएको छैन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्