Logo

कि’चकन्नि सँगको भेट – भिम राई


गाउँको अति बि’पन्न परिवारमा मेरो जन्म भए थियो । बाबु र आमाले जिन्दगी भरि छोराको खोजि गर्ने हुदाँ क्रमश: हामी पाँच जना छोरीहरु जन्मेका थियौ ।  परिवारमा म भन्दा ठुली दिदी हुनु हुन्थ्यो र उहाँ पछिको म माहिली छोरी थिए । दिदी र मेरो उमेर चार बर्षको फरक थियो । दिदी अठार बर्ष पुग्ने बितिक्कै हलेशिको एक जना शिक्षक सँग उनको बिहे भयो ।

दिदीको बिहेको दिन  गाउँ वरिपरिका मानिसहरु बोलाएर राङ्गो, खसि र बङ्गुर का’टेर गित गाउदै नाच्दै भोज खाएका अहिले सम्म मेरो मस्तिष्कमा ताजै थियो । उनको बिहेको दिन एक मनले खुशि थिए तर सधैको लागि बिदाई गर्नु पर्दा अति दु’खित पनि थिए ।

दिदीको बिहे भएको अर्को बर्ष म पनि उहाँको घर हलेशि पुगेकी थिए । उनको घरमा दुई दिन बस्दा हलेशि, महादेबस्थानको दर्शन गर्न पाएकोमा ज्यादै प्रशन्न मुद्रामा थिए । आफ्नो घर छाडेर बाहिर बास बसेको त्यो नै मेरो पहिलो चोटि थियो । दिदीको बिहे भएको दुई बर्ष पछि उनी गर्भवती भएकी खबर सुनेर हामी खुशि भएको थियौ ।  परिवारमा छोरो नजन्मेकोले सायद नाती जन्मने होला भनेर बाबु आमा हामी भन्दा झन धेरै खुशि हुनुहुन्थ्यो ।

अषाढ पन्ध्रको त्यस दिन सिम खेतमा धान रोपेर घर फर्केको थियौ । बङ्गालको खाँ’डी बाट उत्पन्न भएको मनसुनको कालो बादल छिप्तीको आकासमा रातभरि मडारि रहेको थियो । मनसुनले गर्दा राती पानी पर्नु र मेघ गर्जनु बराबरि भै रहेको थियो । हामी दिनभरि खेतमा काम गरेर ल’खत’रण परेको थियौ । त्यसैले बहिनीहरु सँग घर भित्र सबेरै सुतेका थियौ । अनि बाबु आमा चाँही सदा झै घरको तला माथि सुति रहनु भएको थियो ।

रातको समय त्यस्तै दुई बजेको हुनु पर्छ । अचानक मुल ढोका बाट मेरो नाम ‘मुना’ भन्ने अस्पष्ट आवाज मडारिदै मेरो कान सम्म आयो । भाते निन्द्रामा मिल्काएको एउटा बुढो ढिक्की झै मस्त सँग सुति रहेको थिए । कसैले मेरो नाम पुकारेको जस्तो आवाज सुनेर अलिकति चनाखो बने । केहि छिनमा दोश्रो चोटि ‘मुना’ भन्ने आवाज दोहरियो । त्यसरि दोहरिएर आएको आवाज दिदीको जस्तो लाग्यो । तर यस्तो रात बिचमा उनी कसरि आईन होली भन्ने सोचे । तै पनि ‘हजुर ! दिदी,’ भन्दै बिस्तारै उठे ।

घर भित्र निस्बन्द अध्याँ’रो थियो । हातले भित्ता छामछुम गर्दै मुल ढोका तिर लागे । अचानक मेरो स्वर सुनेर तला माथि बाट बाबुले ‘छोरी ! को हो ?’ भन्दै सोध्नु भयो । मैले उत्तर फर्काउन नपाउदै टर्चको सहायताले काठे भर्याङ बाट ढक ढक आवाज निकाल्दै मुनि तलामा झर्नु भयो ।

‘खै ! दिदीको जस्तै आवाज सुनेकी थिए ।’

त्यसपछि बाबुले एक्कै शब्द बोल्नु भएन । मैले मुल ढोकाको अगालोलाई बिस्तारै सारेर खोले । अनि हामी दुवैजना सँगसँगै बाहिर दलानमा निस्कियौ । रात भरि परेको पानी र मेघ गर्जन त्यति बेला रोकिएको थियो । त्यस्तो चकमन्न अँध्यारो रातमा टर्चको सहायताले आँगनको दायाँ बायाँ सबै तिर हेर्यौ तर हामीले केहि पनि देख्न सकेनौ । एक्कासि छिमेकिको पल्लो घरमा सानो बच्चा ङ्या’र ङ्या’र रोएको जस्तो आवाज सुनियो । तर त्यस घरमा कुनै बच्चाहरु थिएनन् । धेरै बर्ष अगाडि देखि ढाकिमे बजु एक्लै बस्दै आउनु भएको थियो ।

‘बाबु ! तपाईले पनि नानी रोएको आवाज सुन्नु भयो ?’ थोरै ड’राएर मलिन अनुहार बनाउदै मैले सोधे ।

मेरो प्रश्न सुनेर बाबुले मलाई एक झलक हेर्नु भयो । अनि टाउको हल्लाएर स्विकार गर्नु भयो । भ’यङ्क’र ठुलो रात बिचमा चरण बध्द तरिकाले हुने नहुने आवाज आएको सुनेर मैले केहि पनि बुझ्न सकेकी थिईन । घर मुनि बारिमा गाई भैसिको बर्षे गोठ थियो । सायद बस्तु फुस्कियो होला भनेर टर्चको सहायताले गोठ तिर हेर्यौ । अरु बेला मज्जाले सुत्ने बस्तुहरु त्यसबेला जर्याक जुरुक उठि रहेको देख्दा निश्चय नै केहि भएको हुनुपर्छ भन्ने मेरो मनमा आ’शं’का उत्पन्न भयो ।

छिप्तीमा औसीको सुनसान मेचक अँध्यारो रात थियो । का’लो बादलले पुरै ढाकेको आकास गँगामा एउटै ताराहरु देखिएका थिएनन् । चकमन्न अँध्यारो रातमा दम्कु जङ्गलमा घुर घुर रा’स बिरा’त बाघ घुरेको आवाज यदाकदा सुन्न सकिन्थ्यो । हाम्रो घर मुनि एउटा बुढो बढहरको रुख थियो । त्यस रुखमा हरेक रात हुचिलले बास बस्थ्यो । त्यसरात हु-हु हुचिलको न’रमाईलो आवाज हामीले क्रमश: सुनि रह्यौ । तर त्यस्तो शून्य रातमा हामीले केहि पनि देख्न सकेको थिएनौ । समय समयमा बिभिन्न प्रकारको आवाजहरु सुनेर बाबुले अनुहार मलिन बनाउदै मलाई हेरि रहनु भयो र मैले पनि उहाँलाई शँ’कालु दृष्टिले हेरि रहे ।

‘छोरी ! रा’त बिचमा हुचिलको त्यस्तो नरमाईलो आवाज अ’शूभको लक्षण हो ।’

बाबुले नि’यास्रो मान्दै त्यति बोल्नु भयो । मेरो उत्तरको प्रतिक्षा नगरि फेरि सुत्नको लागि तला माथि पस्नु भयो । घर बाहिर रहेको सौचालय प्रयोग गरेर म पनि सुत्न पसे ।

भोली बिहान उठेर धारामा पानी भर्न खेत जादै थिए । जिम्मावाल काका सँग बाटोमा अचानक भेट भयो । ‘मुना ! बिहानै रित्तो गाग्री देखाईस, खबर राम्रो छै’न् ?’ लामो सास तानेर दु’खित हुदै सानो स्वरमा काका बोल्नु भयो । हाम्रो गाउँमा जिम्मावाल काकाको घरमा मात्रै टेलिफोनको सुबिधा थियो । हलेशि बाट एका बिहानै भिनाज्यूले काकालाई फोन गर्नु भएको रहेछ । सोमबार देखी दिदीलाई बच्चा जन्माउने ब्य’थाले छोएछ । मङ्गलबार झन सा’र्हो सा’र्हो हुनु भएछ । बुधबारको बिहान दुई बजेतिर प्र’सू’तिज्व’रले आमा र बच्चा दुवैको मृ’त्यु भएको दु’खद खबर उहाँले सुनाउनु भयो ।

काकाको कुरो सुनेर त्यति बेला मेरा आँखा बाट बलिन्द्र आँ’सुका धारा बहि रह्यो । गत राती जुन समयमा दिदीले मलाई बोलाउदै गर्नु भएको आवाज सुनेको थिए । ठिक त्यँही समयमा उहाँको प्रा’ण गएको रहेछ । तर उहाँको हँश उडेर हाम्रो घरमा आएको हुनुपर्छ भन्ने मैले मनमनै त्यतिबेला अनुमान लगाए ।

सुन्दर भविश्यको कल्पना गर्दै गर्दै नाती जन्मने आशा अचानक नि’रासामा परिबर्तन भएकोले मेरो परिवार झन दु’खित बन्यो । दिदीको मृ’त्यु भएपछि अर्को बर्ष भेनाज्यूले उँभो खोला तिरको अर्कै केटी सँग बिहे गर्नु भएको खबर पनि हामीले सुन्यौ । दिदीको मृ’त्युले हाम्रो परिवारमा जति ठुलो क्ष’ति बनायो तर भिनाज्यू लाई केहि पनि बनाएन । किनभने मेरी प्यारी दिदी भन्दा कलिली युबती सँग उहाँले बिहे गर्ने फेरि अबसर पाउनु भयो । उहाँले देखाउनु भएको त्यस्तो स्वा’र्थी ब्याबहारले पुरुषहरु प्रति किन किन मलाई इ’र्ष्या जाग्न थाल्यो ।

मेरो माध्यमिक बिधालयको पढाई सकेपछि कलेज पढन जिल्लाको सदरमुकाम दिक्तेल तर्फ गए । बजारको नजिकै एउटा सानो कोठा किरायामा लिएर बस्न थाले । मेरी आमाले समय समयमा केहि खानेकुरोहरु लिएर मलाई भेटनको लागि दिक्तेल आउने गर्नु हुन्थ्यो । मेरो त्यहाँ पढने बाहेक अन्य केहि काम थिएन त्यसैले छिप्तीमा भन्दा दिक्त्तेलमा धेरै रमाईलो जिन्दगी बिताई रहेको थिए । तर पटक पटक आमा दिक्त्तेल आउनु भएको बेला छोरी अब चाडै बिहे गर्नु पर्छ भन्नु हुन्यो । त्यो सुनेर मेरो मन घरि घरि बे’चै’न हुने गर्दथ्यो । किनभने राम्रो पढेर उज्वल भबिश्य निर्माण गर्ने मेरो आ’का’ङ्क्षा लाई आमाले न’ष्ट गर्न खोज्दै हुनु हुन्थ्यो ।

दिक्तेलको बसाई लगभग एक बर्ष बिति सकेको थियो । आमा बाबुले मेरो बिहेको बिषयमा जे सुकै भने पनि बिहेको कारणले दिदीको जीवनमा घटेको त्यस्तो अ’पृ’य घ’ट’ना सम्झदा मलाई तत्कालै बिहे गर्न रुचि थिएन । एक दिन शनिबारे हटिया भर्दै आमा दिक्त्तेल आउनु भयो । त्यसदिन आमाले म सँगै मेरो डेरामा बास बस्ने निधो गर्नु भयो । डेरामा बेलुकि मैले खाना बनाए अनि खाएर सुत्नको लागि तरखर गर्दै थियौ ।

‘छोरी ! पुष्पराजले तिमीलाई असाध्यै मन पराएको छ, अब बिहे गरौ है ?’ लामो समय सम्म मलाई हेरि रहेर अचानक आमाले मुख खोल्नु भयो ।

जमदार पुष्पराज पुर्व बेलायति सैनिक थिए । सैनिक बाट निबृत भएपछि उहाँले हाट डाँडामा एउटा ठुलो दोकान खोल्नु भएको थियो । खै कहाँ बाट घोडामा चढेर कुनै कुनै बेला दिक्तेल आउनु भएको मैले पनि उहाँलाई समय समयमा देखेकी थिए । तर त्यति ठुलो मानिस सँग मैले बोल्ने अबसर चाँही पाई हालेकी थिईन । तै पनि समय समयमा मात्र उहाँ दोकानमा आउने र जाने गर्नु हुन्थ्यो । उहाँको दोकानमा काम गर्ने मानिसहरु त्यस्तै छ-सात जना थिए होला ?

बेलुकि आमाको त्यस्तो कुरो सुनेर मलाई केहि बेर हासो उठ्यो । जिल्लाको नामुद धनाढ्य मानिस भनेर गनिए तापनि त्यति बुढो मान्छे सँग काँक्राको चिचिला जस्ती छोरी दिन खोज्ने आमाको बिचार कस्तो होला भनेर केहि बेर चि’न्ति’त बनि रहे ।

‘कोहि नपाएर त्यस्तो बुढो सँग के बिहे गर्थे ?’ धेरै बेर सोचेर आमालाई रु’खो जबाफ फर्काई दिए ।

त्यसपछि हामी सुत्नको लागि बिस्तारामा पस्यौ । तै पनि आमाले क्रमश: ब’कब’क गरि रहनु भयो । उहाँ सँग प्रशस्त सम्पति छन् जिल्लाको सबैभन्दा धनि मान्छे हुन । तिमी बाचिन्जेल जमादार्नी भएर बस्छौ अनि उहाँको मृ’त्यु पछि पनि बेलायति नि’बृ’तिभरण पाउछौ । हामी जस्तो बि’पन्न परिवारको लागि त्यो भन्दा अर्को बिकल्प के हुन सक्छ भन्दै भन्दै आमा बल्ल बल्ल सुति जानु भयो ।

दिक्त्तेलमा धेरै दिन, रात, हप्ता र महिना बित्दै गयो । घरमा धेरै छोरीहरु भएकोले आमा बाबुले कुनै पनि मुल्यमा छोरीहरुको चाँडो चाँडो बिहे गरि दिने योजना बनाई रहनु हुन्थो । उहाँहरुको कुरो सुनेर कुनै कुनै बेला हामी छोरी मान्छेको जिन्दगी प्रति घृ’णा उत्पन्न हुन्थ्यो । मैले बिहे गरिन भने बहिनीहरुको लागि बिहे गर्न असहज परिस्थितिको सिर्जना हुन्छ भनेर ज’ब्बरज’स्ति गरि रहनु भएको थियो । आमा बाबुको हृदय न’दु’खाउनको लागि मेरो समकालिन युबक सँग बिहे गर्ने रहर त्या’गेर आफु भन्दा बिस बर्ष जेठो जमदार सँग बिहे गर्न म राजी खुशि भए ।

हिलो मैलो र झरि लाई बिदाई गर्दै बर्षा गयो र हिउँदको मौसम आयो । प्रकृति पनि कति पा’पि’ष्ट हुन्छ, सबै सुखेर दिक्त्तेलको वरिपरि हरियो भन्ने चिज देखिन छाड्यो । त्यस्तो उ’जाड समयको एक दिन टेम्के बाट आएको सिरेटोले बिहानै देखि बजारलाई आ’क्र’मण गरि रहेको थियो । पाँच-छ जना मान्छेहरुको साथमा दुई वटा घोडाहरु लिएर जमदार साहेब म डेरा गरेर बसेको ठाउँ माटिकोरेमा मलाई लिन आई पुग्नु भयो । आखिर म जमदारको घर जाने नै भए भनेर हिजो बेलुकि नै सर समान तयार पारेकी थिए । जमदार आउने बितिक्कै उहाँको सहयोगि हरुले मलाई घोडामा चढन सहयोग गरे । जिन्दगीमा पहिलो चोटि घोडा चढदै थिए त्यसैले धेरै ड’र लागि रहेको थियो ।  घोडा चढेपछि अगि पछि एक एक जना सहयोगि हरुको साथमा मैले सदाको लागि माटिकोरे छाडे ।

जिन्दगी भरि पालेका असँख्या रहरहरु सँग सँगै कोहि बेला घोडा चढदै र कोहि बेला झर्दै म उहाँको घर लिलिमा पुगे । हामी उहाँको घरमा पुग्दा केहि मानिसहरुले हाम्रो प्रतिक्षा गरेर बसि रहेका थिए । त्यस दिन उहाँको घरमा सानो भोजको पनि ब्यबस्था रहेछ । हाम्रो स्वागतका लागि भेला भएका गाउलेहरुले सानो भोजको खाना खाए पछि सबै आ-आफ्ना घर तर्फ लागे ।

‘जमदार महल’ लिलिमाको प्रख्यात तीन धुरे महलमा बेहुली भएर पुगेको दिन तिनै घरमा काम गर्न सघाउने एक परिवार कान्छा र कान्छी सँग मेरो परिचय भयो । त्यस घरमा कान्छा राईले गाई, भैसि र घोडाको हेर चाह गर्ने गर्दथे भने कान्छी राईनीले घर भित्रको सम्पुर्ण कामहरु हेर्ने गर्दथिन । कान्छा कान्छीको त्यस दिनको कर्तब्य पुरा भएपछि बेलुकि बैठक कोठामा हामी चारै जना भेला भएको थियौ ।

कोठाको दुई छेउमा बलेको लालटिनको मधुरो प्रकाशले कोठालाई थोरै उज्यालो बनाएता पनि कोठा भित्रको बाताबरण एकदम सुनसान थियो । सुनसान समयलाई बिथोल्दै जमदार साहेब बोल्न थाल्नु भयो ।

‘कान्छी ! तीन गिलास र’क्सि लिएर आउ ?’

जमदार साहेबले बर्साएको हुकुम जमिनमा खस्न नपाउदै कान्छी भान्सा कोठामा एक लब्यले छाडेको तिर झै हानिएर गईन । मिलिक्कै तीन वटा गिलासमा भरि भरि र’क्सी पल्टने किस्तिमा राखेर हाजिर जनाईन । र’क्सि ल्याएर हामी तिनै जना बसि रहेको ठाउँ अगाडिको टेबलमा थपक थपक राखी दिईन । तीन वटा गिलासमा मात्रै र’क्सि ल्याएकी मैले देखेपछि उनले चाँही र’क्सि पिउदैनन् रहेछ भन्ने चाल पाई सकेकी थिए । मैले पनि त्यस उमेर सम्म मुखमा र’क्सि पारेकी थिईन ।

‘मुना ! अब देखि तिम्रो हेर बिचार कान्छीले गर्ने छिन ।’

थोरै र’क्सी मुखमा हालेर जमदार साहेबले कोठा थ’र्किने गरेर ठुलो स्वरमा बोल्नु भयो । उहाँको मुख बाट र’क्सि ल्याउनु भने पछिको दोश्रो चोटि निस्केको त्यो बाक्याशँहरु मैले सुनेको थिए । तर उहाँको भनाई सुनेर हस वा हुन्न केहि पनि भन्न सकी रहेकी थिईन । त्यसैले केहि नबोलि गजधम्म त्यतिक्कै बसि रहेको थिए । जमदारको अगाडि कसैले मुख नखोले पछि दोश्रो चोटि कोठाको बाताबरण शान्त र शुसिल बन्यो । त्यस्तो सुनसान बाताबरणमा कान्छा र कान्छीको हृदय बि’दारक गोठालो मुहारहरु लाई मैले पालै पालो नजर लगाई रहे । त्यसपछि, ‘अहिले सम्म र’क्सि पिएकी छैन ?’ सुस्तरि हिडदै कान्छीको कानै नजिक पुगे अनि बिना साईनो मेरा भनाई राखे ।

‘जमदार्नी साहेब ! बिहेको पहिलो रात हो, त्यति चाँही पिउनु होला ?’ उनले आदरता साथ मलाई अनुरोध गरिन ।

उनको अनुरोध सुनेर चुपचाप बसि रहे । केहि बेर पछि कान्छीले नै फेरि मुख खोलिन, ‘जमदार्नि साहेब अब तला माथि तिर जाउँ है ?’ भन्दै उनी मेरो अगाडि अगाडि बाटो लागिन । मैले र’क्सिको गिलास लाई नछोई त्यतिक्कै छाडि राखे । अनि बिरालो चालमा उनको पछि पछि लागे । तला माथि पुगेर भर्याङको दाहिने तिरको कोठा देखाउदै यो जमादार साहेबको सुत्ने कोठा हो, उनले सानो स्वरमा बताईन ।

घन्द्रङ्गै ढोका खोलेर कोठा भित्र पसिन र मलाई पनि भित्र बोलाईन । एउटा बिशाल कोठाको बिचौ बिच भागमा ठुलो पलङ थियो । पलङको दायाँ बायाँ दुई वटा ठुल्ठुला दराजहरु देखिन्थे । दराज सँग सँगै कोठाको एका पट्टि भित्तामा ‘प्वोईन्ट टु टु’ र अर्को भित्तामा ‘टुवेल्भ बोर’ राईफलहरु सजिएका थिए । तर ढोकाको शिरमा जमदार साहेबको जङ्गि पोशाकमा घोडा माथी राईफल समाति रहेको एउटा ठुलो तस्बिर थियो । कोठाका दायाँ बायाँ भित्तामा सजिएको राईफल र तस्बिरमा पनि राईफल देखिएकोले जमदार साहेब शि’कार खेल्न रुचाउनु हुने रहेछ जस्तो मनमनै लाग्यो ।

‘जमदार्नी साहेब ! यो दाहिने पट्टिको दराज चाँही तपाईको हो ।’ दराज खोलेर त्यहाँ भित्रका लुगा फाटाहरु देखाउदै मैनाको जस्ति सुरिलो स्वरमा उनी बोलिन । म प्रथम चोटि त्यस घरमा पाईताला टेक्दै थिए तै पनि मेरो लागि त्यति धेरै लुगाफाटाहरु किनि दिएर राखेको देखेर केहि बेर ट्वाल्ल परेर हेरि रहे । त्यसपछि कोठा सँगै जोडिएको सौचालय देखाउदै बोलिन । ‘हरेक बिहान तपाईहरु उठे पछि म आएर यो पलङ मिलाउछु । त्यसपछि सौ’चालय आफै सफा गर्छु त्यसैले हजुरले केहि पनि गर्नु पर्दैन है ?’ सम्म भनिन ।

म उनको कुरोहरु सुनेर कि’मक’र्तब्यबि’मुढ भै रहे । समय बेलुकिको दश बज्नै लागेको थियो । अब हजुर पनि सुत्नको लागि तयार हुनु होला ? केहि बेरमा जमदार साहेब सुत्न आउनु हुनेछ भन्दै म सँग बिदा भएर बाहिर निस्किन । उनले कोठा छाडे पछि नजिकै रहेको कुर्सिमा त्यति बु’ढो मानिस सँग मैले कसरि जिन्दगी कटाउने होला भनेर सोच्तै बसि रहे । केहि बेरमा घन्द्रङ्गै ढोका खुल्यो र जमदार साहेबको शरिर म तर्फ बढदै आयो । उहाँको उपस्थितले मलाई थोरै ड’र भयो तै पनि केहि नबोलि सरासर कपडा खोलेर सुत्न लाग्नु भयो ।

बिस बर्षकी भर भरकी उमेरमा जिन्दगीको पहिलो चोटी एउटा बु’ढो मर्द सँग एउटै बि’स्तारामा सँगै सुत्न भित्र भित्र आँट कस्दै थिए । त्यसैले मलाई हृदय भित्र बाट नै केहि हलचल पैदा भै रहेको थियो । उहाँ सुत्नु भएपछि, ‘मुना ! तिमी पनि सुत्ने होईन ?’ भन्दै छोटो प्रश्न गर्नु भयो ।

उहाँको भनाई सुनेर केहि हर्ष, उमङ्ग र त्रा’श सगँ सँगै बिस्तारै सिरक उचालेर सुत्न पसे । सिरक भित्र पसेको केहि बेरमा उहाँका उरन्ठेउला हातहरु बिस बर्षे शरिर भरि चल्न थाल्यो । ‘जे खोजेको थिईस, त्यहि पाईस,’ भन्दै महान अ’ज्ञानताका धनी बने र उहाँको सम्पुर्ण रहरहरु पुरा गर्न मेरो शरिरलाई खुला छाडि दिई रहे । बर्षौ अगाडि देखिको भो’का हातहरुले सुस्तरि सुस्तरि मेरो बस्त्रहरु बिदाई गरि पठाए । त्यसबेला एउटा बुढो मानबको न’ग्न श’रिर पनि त्यति रापिलो हुने रहेछ भन्ने मैले जिन्दगीमा पहिलो चोटि अनुभव गर्दै थिए ।

बेहुली भएर जमदार महल पुगेको पहिलो रात नै हामी दुई जनाको का’मो’तेजक शरिरहरु एक आपसका घ’मसान यु’ध्द बाट एक भएका थिए । मैले जिन्दगी भरि पालेको कु’मा’रीत्व तिनै बुढो मानिस लाई बिना दि’लच’श्पी समर्पण गरि दिए । भि’षण यो’ध्दाको जस्तो थ’कित, क्ला’न्त र शि’थिल उहाँको शरिरले केहि छिनमा नै खुत्रुक्कै पल्टेर निन्द्रा देवीको शरण लियो । तर मलाई चाँही त्यतिबेला मेरी दिदीको यादले केहि चि’न्ता र पि’डाको नजिकै पुर्याई रह्यो ।

कमल फुल जतिकै आरामदायी पलङ माथि आरामले सुति रहेको भएता पनि मलाई ति’खा फलामे का’ढा माथि सुते झै मेरो मनमा घो’चि रह्यो । किनभने हाम्रो त्यो ह’र्कतले अचानक ग’र्भ बस्यो भने मेरो पनि दिदीको जस्तै हालत हुन्छ होला भन्ने एका तिर ड’र भै रह्यो । यदि गर्भाधारण गरे भने आजैको दिन देखि मेरो पनि मृ’त्युको दिन गन्ति सुरु होला कि भनेर पुरै शरिर केहि बेर काँपि रह्यो ।

जमदार महल लिलिमामा कु’मारित्व न’ष्ट भएको पहिलो रात म निश्लोट निन्द्रामा थिए । अधिकतम बर्षाको कारण सम्पुर्ण महाबरे डाँडा नै बग्दै झरेको प’हिरोले हाम्रो छिप्तीको घर बगाएको सपना देखेर खन्द्रङ्गै झस्के । त्यस द’र्दनाक रातको बेला घर भित्र आमा, बाबु र मेरी प्यारी बहिनीहरु सुति रहेकै अबस्था थियो । दिदीलाई त पहिले नै बिदाई गरि सकेको थिए अब सबै परिवारको अन्त्य एक्कै चोटि भयो भन्ने ड’रमर्दो सपना देखेर म अतालिदै बिस्तारा बाट उठे । त्यसपछि ‘हे भगवान ! कस्तो सपना देखे ?’ भन्दै सिरक मिल्काएर पलङ बाट बाहिर निस्के ।

अचानक म झस्कदै उठेको जमदार साहेबले चाल पाउनु भयो । र सिरानि नजिकै राखेको टर्च बालेर मलाई हेर्नु भयो । टर्चको उज्यालो प्रकाशले एकजना निरभिमान मर्दको अगाडि न’ग्न अबस्थामा रहेको मेरो सुन्दर छाती टलल टल्कदै उहाँको नयनमा पर्यो । जीवनमा पहिलो चोटि ना’ङ्गो भु’ङ्गो भएर एकजना मर्त्य सँग सुति रहेकी थिए । तै पनि त्यतिबेला म ना’ङ्गै थिए भन्ने कुरो चाँही मैले बिर्सीएकी थिए । क’रुणामय मेरो अबस्था देखेर मलाई धेरै ला’ज र थोरै ड’रले एक्कै चोटि छोप्यो । त्यसैले हतार हतार बिस्तारा भित्र पसि हाले ।

भोलि बेलुकि हाम्रो कोठामा अलिक चाँडै पुगेको थिए । कोठामा पस्ने बितिक्कै एक्कासि कालो बर्कि ओढेर सौचालय तिर फर्कि रहेकी एउटी बुढि आईमाई मान्छेको जस्तो मैले आकृति देखे । उनी सौचालय तिर फर्कि रहेकी भए पनि बङलङ्गै छाडेकी लामो लामो केसरासि लाई मैले पिछाडि बाट राम्ररि नियालेर हेरे । तर उनी एक्कै छिनमा बिस्तारै हिडदै हिडदै सौचालय भित्र पसिन र त्यतै बिलय भईन । उनलाई त्यस्तो अबस्थामा देखेपछि म मुनि तलामा झरेर कान्छी लाई बताए । जमदार्नी साहेब घरमा त्यस्तो देखियो भने केहि असुभ हुन सक्छ सम्म उनले भनिन ।

बिहे गरेर त्यस महलमा पुगे पछि केहि पनि काम नगर्नु है भन्ने मैले आदेश पाएको थिए । त्यसैले तिनै आदेशलाई पालन गर्दै केहि नगरि चुपचाप बसि रहेको हुन्थे । दिउसोको खाना खाएर बार्दलिमा बसेर बगैचाको वरिपरि पहेलपुर पाकेका लटरम्म सुन्तलाहरुको रमाईलो दृश्य हेरि रहे । सुन्तला बगैचाको छेउ छाउ तिर सयकडौ बर्ष पुराना ठुल्ठुला सल्ला र सखुवाका रुखहरुले छाडेका अक्सिजन मज्जाले लिए । तिनै प्रकृतिको आकर्षक छाति माथि मन्त्रमुग्ध भएर डुबि रहेको बेला मेरो नजिकै जमदार महलका दुई वटा कुकुरहरु खेल्न आई पुग्यो । मलाई त्यतिबेला हाम्रो घरको खैरे कुकुरको यादले खुबै सताई रह्यो ।

काला पथ्थर बाट हिउ पग्लेर अबिरल बहि रहने स्वच्छ पानीको सुनकोशी नदीको सिधा माथि डाँडामा जमदार महल अबस्थित थियो । त्यँही बाट तल सुनकोशी र साप्सु नदीको सँगमलाई मैले धेरै लामो समय सम्म हेरि रहेको हुन्थे । तिनै नदीहरुको सँगम स्थलको दाहिने तिर उकालो बढदै बढदै क्षितिज सँग ठोकिएको उजाड भुमी मुलडाँडा देखिन्थ्यो । तिनै पङ्खर मुलडाँडामा धागोको धर्सो जस्तो नाख ठोकिने एउटा ठाडो गोरेटो थियो । तिनै गोरेटोमा लामो समय सम्म हिडि रह्यो भने मेरी माईती गाउँ छिप्ती सम्म पुर्याउदथ्यो ।

त्यस बेलुकि पनि वा हिजोको जस्तै आकृति देखा पर्ने होकी भनेर डराउदै डराउदै म कोठा भित्र पसे । कोठा भित्र पस्ने बितिक्कै मैले हिजो देखेको ठाउँमा आज फेरि उनलाई दोश्रो दिन पनि देखे । आज पनि हिजोको जस्तै उनको अनुहार सौचालय तिर फर्कि रहेको थियो । तर थोरै फरक चाँही उनको दाहिने हातमा एउटा लामो छुरि देखिन्थ्यो । मैले दोश्रो चोटि देखेकीले हिजो भन्दा अलिक सम्यम हुदै –

‘तिमी को हौ ? र मेरो कोठामा किन आयौ ? उनलाई ड’राउदै ड’राउदै मैले सोधे ।

‘यो मेरो कोठालाई तिम्रो कसरि भयो ? ख’बरदार ! यो कोठामा तिम्रो हैकम चल्ने वाला छैन ? तिमी जति जति मेरो नजिक आउछौ, मृत्युको नजिक पुग्छौ ।’

म भन्दा अझ उनी चर्को स्वरमा बोलिन । मृत्युको चेतावनि मुलक त्यस्तो भनाई सुनेर मेरो टाउको फुलिएर आयो । मेरा खुट्टाहरु थरर कापे र कोठामा ‘कान्छी’ भनेर बेस्सरि चिच्याए । म अतालिदै चिच्याएको सुनेर जमदार साहेब दगुर्दै तला माथि आउनु भयो । उहाँ कोठा भित्र पस्नु र म कोठा बाट बाहिर निस्कनु एउटै समय भयो ।

म दगुर्दै मुनि तलामा झरे । भान्सा कोठामा पुगेर कान्छी लाई यथार्थ कुरो बताए । कान्छीले मेरो कुरो सुनि सकेपछि उनी बोल्न थालिन ।

आज भन्दा तीन साल पहिले शाकेला पर्ब मनाउन कान्छा र म एक हप्ता हाम्रो गाउँको घर चुईचुम्मा गएको थियौ । घरमा जमदार साहेब र ठुली जमदार्नी साहेब मात्रै हुनु हुन्थ्यो । हामी फर्केर आउदा ठुली जमदार्नी साहेबको अचानक मृत्यु भएको हामीले थाहा पायौ । उहाँको मृत्यु भएपछि घरमा पटक पटक तर्साएर हामीलाई दुख दिई रहनु भयो । जमदार साहेबले चुईचुम्माको प्रख्यात किराती बिजुवा धामी बसाएर उहाँको चित्त बुझाउने प्रयत्न गर्नु भएको थियो । उहाँको मृत्यु सँग त्यति बेला सम्म पनि ठुली जमदार्नी साहेब पटक्कै खुशि छैन भनेर बिजुवाले भनेका थिए ।

‘अनि के भएर उहाँको मृ’त्यु भएको थियो ?’ असाध्यै धेरै ड’राई रहेकी थिए र थोरै सशँकित हुदै मैले प्रश्न गरे ।

‘खै ! त्यो त आजसम्म कसैलाई पनि केहि थाहा छैन । तर उनको मृत्यु भएको बेला ड्याम ड्याम आवाज गरेर दुई चोटि राईफल पडकेको टुक्रे खोला पारीको गाउँ टेम्मा सम्म पनि सुनिएको थियो रे । म यतिका बर्ष सम्म यँही घरमा बसेको छु तर मैले आजसम्म उनलाई देखेकी पनि छैन । आ….जे सुकै होस आखिर उनी मरेर पनि गई हालिन र सायद किचकन्नि भै सकिन होली ? त्यसैले सानी जमदार्नी साहेब ! अब केहि हुने वाला छैन ।’

अक्सफोर्ड, बेलायत

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्