Logo

पहिलो पटक थुलुङ भाषाको म्युजिक भिडियो सार्वजनिक


काठमाण्डौं । थुलुङ राई भाषाको पहिलो म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ ।
जसिहब थुलुङको शब्द, गायक तथा सगीतकार जनम थुलुङको संगित, राजु कार्कीको संगीत संयोजनमा रहेको गीतमा संगितकार जनम थुुलुङ र रञ्जना थुलुङ राईको स्वार रहेको छ ।

थुलुङ भाषाको दोश्रो एल्बम ‘माम पाप’मा रहेको ‘हाम बोमु झाम’ (के गर्न सकिन्छ) बोलको गीतको म्युजिक भिडियो जनम थुलुङ अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

उक्त म्युजिक भिडियोमा शसिकला थुलुङ राई, किमहाङ थुलुङ राई, हिमाङशु खालिङ राई र शैलबि थुलुङ राईको फिचरिङ हेर्न सकिनेछ ।

ममता थुुलुङ राईको निर्देशन/नृत्य निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा प्रवेश थुलुङ राईको छयाङ्कन, सुवास शाहाको सम्पादन रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्